अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छः श्रममन्त्री अर्याल


काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन्।

वैदेशिक रोजगार कार्यालयमा आइतबार भएको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृति एक घण्टाभित्रै स्वीकृत हुने बताए।

वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास भएको उनको भनाइ छ।

अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिन सक्ने सकिने अवस्था रहेको उनले जानकारी दिए।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागज अनलाइनबाट कागजात पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृती पाउन सक्ने उनले बताए।

‘वैदेशिक रोजगारीको लागि विदेशमा जान श्रमिकले लिने व्यक्तिगत, संस्थागत र अन्य सबै खालका श्रम स्वीकृत वैदेशिक रोजगार कार्यालयबाट एक घण्टामा स्वीकृत दिन्छौं,’ उनले भने।

मन्त्री अर्यालले पहिलो पटक यो प्रयास सुरू गरिएको बताए। वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको उनको भनाइ छ।


प्रकाशित : २०८० चैत्र २५, आईतवार १६:३१ गते

ताजा समाचार