राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित


काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेबाट विमला घिमिरे निर्वाचित भएकी छिन्।

राष्ट्रिय सभाकाे मतदान प्रक्रियाबाट आज सत्तागठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी हुन्।

आजकाे बैठकमा उपस्थित ५५ सदस्यले मतदान गरेका थिए। एमाले उम्मेदवार घिमिरेकाे पक्षमा ३९ मत र कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीले १६ मत पाएकी छिन्।

सत्तागठबन्धनमै रहेको एकीकृत समाजवादीले तटस्थ बस्ने निरर्णय गरेनि अन्तिम समयमा सत्तागठबन्धनकी उम्मेदवार घिमिरेलाई समर्थन गर्ने निर्णय गरेकाे छ। यसले गर्दा मतदान अगावै उनकाे जित निश्चितजस्तै मानिएकाे थियाे।

५८ सदस्यीय सभामा निर्वाचित हुन ३० सांसदको समर्थन आवश्यक थियाे। सत्तागठबन्धनसँग माओवादीका १७, एमालेका ९, एकीकृत समाजवादीका आठ र जसपाका चार गरी ३९ सांसद छन्।


प्रकाशित : २०८० चैत्र २८, बुधबार १६:३७ गते

ताजा समाचार