‘ओलीप्रतिगमनविरूद्ध ५ दलीय गठबन्धनको तत्कालिन र दीर्घकालिन महत्व छः डा. भट्टराई


पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूले ५ दलीय गठबन्धनको औचित्य बताएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगनविरुद्ध ५ दलीय गठबन्धनको तत्कालीन र दीर्घकालीन औचित्य रहेको उल्लेख गरेका हुन्।

‘ओलीप्रतिगमनविरूद्ध ५ दलीय गठबन्धनको तत्कालीन मुख्य औचित्य संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा तथा विकास त हो नै, साथै दीर्घकालीन रूपमा समावेशीता, संघीयता, सुशासन र समतामूलक समृद्धिको प्रवद्र्धन पनि हो,’ डा. भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबारे हाम्रो पुस्ता अझै आत्मालोचक बनेर पुस्तान्तरणका निम्ति तयार हुनैपर्छ ।’


प्रकाशित : २०७८ असार ११, शुक्रबार ०४:५९ गते

ताजा समाचार