काठमाडौं । इलाम–२ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।
अहिले केहीबेरअघिसम्मको मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।
उनले अहिलेसम्म ११,०७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ७३२४ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ६९०१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बूले अहिलेसम्म १५१२ मत प्राप्त गरेका छन् ।
हालसम्म २७ हजार ८७५ मत गणना गरिएको छ ।
गएको शनिबार इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको थियो ।
प्रकाशित : २०८१ बैशाख १७, सोमबार ११:५४ गते