बत्तीसपुतलीमा सडकमै युवकको हत्या, ४ जना पक्राउ


काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

गएराति मोरङ घर भई काठमाडौंको कुमारी टोल बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

उनको सडकको बीचमै हत्या भएको अवस्थामा शव बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए । घटना अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको विवरण भने प्रहरीले खुलाएको छैन ।

प्रारम्भिक अनुसन्धानका क्रममा आपसी विवादमा हत्या भएको जस्तो देखिएपनि कारण भने हालसम्म खुल्न नसकेको एसएसपी रजौरेले बताए ।

सडकबाट उठाएर धिमाललाई प्रहरीले सिनामंगलस्थित केएमसी अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा थिए । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८१ बैशाख ३०, आईतवार १०:१८ गते

ताजा समाचार