बलात्कार मुद्दामा सन्दीपलाई सफाइ


काठमाडौं । बलात्कार आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको छ ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गरिदिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

“काठमाडौं जिल्ला अदालतको फैसला बदर भएको छ । सन्दीपले सफाइ पाएका छन्,” प्रवक्ता पराजुलीले भने ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा सन्दीपलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानासहित थप दुई लाख क्षतिपूर्ति हुने फैसला भएको थियो ।

काठमाडौं जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ता झिकाएर गौशाला २६ बालिग रहेको ठहर गरेको थियो । तर, सन्दीपले गौशाला २६ को कमजोर आर्थिक अवस्थाको ‘नाजायज फाइदा’ उठाएको जिल्ला अदालतको निष्कर्ष थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका थिए ।


प्रकाशित : २०८१ जेष्ठ २, बुधबार १७:३४ गते

ताजा समाचार