गृहमन्त्रीको नाम उल्लेख नगर्ने संलग्न सहकारीको गर्ने विषयमा छलफल


काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै छानबिनको माग गर्दै आएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित कार्यदलका सदस्य सहमतिको नजिक पुगेका छन् ।

कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा बनेको कार्यदलबीच सहमतिको वातावरण बनेपछि सबै दलका सदस्य अहिले आफ्नो पार्टीका शीर्ष नेताहरुसँग संवादमा जुटेका छन् ।

कांग्रेसका तर्फबाट कार्यदलमा सहभागी सदस्य जीवन परियार अहिले महामन्त्री गगन थापासहितका नेताहरुसँग छलफलमा जुटेका छन् भने रास्वपाका सदस्य शिशिर खनाल पनि पार्टीका नेताहरुसँगको छलफलमा जुटेका छन् ।
पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेपछि आजै फेरि कार्यदलमा छलफल गरिने तयारी छ ।


प्रकाशित : २०८१ जेष्ठ ६, आईतवार १४:३२ गते

ताजा समाचार