कांग्रेसको नाराबाजीबिच संसद् बाट नीति तथा कार्यक्रम पारित


काठमाडाैं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रतिनिधिसभाको बैठकले आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच नीति तथा कार्यक्रम पारित गरेको हो ।

नीति तथगा कार्यक्रम पारित भएसँगै सरकारले १५ जेठमा आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो सहज भएको छ । संसद अवरोध जारी रहे पनि नाराबाजीकै बीच नीति तथा कार्यक्रम पारित गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा १ जेठमा नीति तथा कार्यक्रम पेस गरेका थिए । नीति तथा कार्यक्रम पारित गर्नुअघि अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका थिए ।


प्रकाशित : २०८१ जेष्ठ १३, आईतवार १३:३५ गते

ताजा समाचार