बजेटको ब्रिफकेस ‘मेड इन नेपाल’ : अल्लो र ढाका रोल्पाबाट ल्याएर ठमेलमा बनाइयो


काठमाडाैं । अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गर्ने क्रममा नेपालमै बनेको ‘ब्रिफकेस’ प्रयोग गर्ने भएका छन् ।

मंगलवार अपराह्न प्रधानमन्त्री कार्यालयअगाडि उनको हातमा नयाँ खालको ‘ब्रिफकेस’ देखिएको छ । अर्थमन्त्री पुनको सचिवालयले उक्त ‘ब्रिफकेस’​ नेपालमै बनेको जानकारी दियो ।

‘अल्लो र ढाका मिक्स गरेर ब्रिफकेस बनाइएको हो,’ अर्थमन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले लोकान्तरसँग भने, ‘रोल्पाबाट सामान ल्याइएको हो । बनाइएको चाहिँ ठमेलको कालिगडबाट हो ।’

उनले यसको मूल्य २५ सय नेपाली रुपैयाँ परेको बताए । पुनका अनुसार ​’ब्रिफकेस’मा ८० प्रतिशत अल्लो र २० प्रतिशत ढाका रहेको छ ।


प्रकाशित : २०८१ जेष्ठ १५, मंगलवार १५:२८ गते

ताजा समाचार