दरबार हत्याकाण्ड कसरी भयाे ? यस्तो थियो पारस शाहकाे बयान


१९ जेठ २०५८ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा सबैभन्दा धेरै प्रश्न उठाइएका पात्र हुन्, तत्कालीन शाहज्यादा पारस शाह ।

राजा वीरेन्द्रको वंशनाश हुँदा उनका भाइ ज्ञानेन्द्र राजा बने, पारस युवराज । त्यसैले उनको परिवारले आशंका र आरोप खेप्नुपरेको छ ।

पूर्वराजा ज्ञानेन्द्रले यसबारे जवाफ दिइसकेका छन् भने पारसले भावुक बनेर कवितासमेत लेखेका थिए । सो गोलीकाण्ड हुँदा पारस कहाँ थिए र के गर्दैथिए ? उच्चस्तरीय समितिलाई उनले दिएको बयान हामीले जस्ताको त्यस्तै प्रकाशित गरेका छौँ ।

***

समितिः सरकार, राजदरबारमा भएको जेठ १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएका सुनेका कुराहरूचाहिँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

पारसः अब, हामी पुग्यौँ त्यहाँ, त्यस्तै अन्दाजी साढे ७ बजेभन्दा अलि ढिलो पुग्यौँ । हामी त्यही ७:४० तिर पुग्यौँ, सबै जना आइसकेका थिए । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौँ । ७:४० तिर पुग्यौँ, पुग्दाखेरी अ… युवराजाधिराज अलिकति कक्टेल ज्युनार भैसक्याजस्तो थियो । अनि के खाने- मैले कोक मात्र खाने विचार गरेँ । ए कोक मात्र खाने ! म त ह्विस्की खाएर बसेको छु, हुकुम भयो । त्यो बेलासम्म ठीकै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेको थ्यो । अ……. कुरा गर्दाखेरि के भो भन्दाखेरी हैन यही विवाहको कुरा भइराखेको छ । मेरो मुमासँग पनि कुरा गरे । आफूमुमासँग पनि कुरा गरेँ, अनि दुवै जनाले हुन्न भन्नुभयो । अब आइतबार बुबासँग कुरा गर्छु, हुकुम भयो । त्यति कुरा भइराखेको थियो, त्यत्ति हुँदाहुँदै ८ बज्यो । सबै जनालाई ड्रिङ्क्स स्रिङ्क्स टक्राइबक्स्यो । ८ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरि सरकारबाटै सवारी चलाइबक्सेका, फेरि ड्रिङ्क्स दिइबक्स्यो, अनि यस्तै साढे ८ तिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सकाएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो, त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो गरी ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुईंमा नै सुकला भयो, म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन, ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ छ माथि सवारी चलाउँछौँ भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौँ, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइनँ । गद्दीको मुन्तिर सानो ओछ्यान छ, नि त्यहीँ नै सुताएर गयौँ हामी । करिब साढे ८ जस्तो भा’थ्यो, साढ़े ८ त्यस्तै ३१/३२, ८:३१३२ होला । हामी तल आयौँ । बत्तीसत्ती निभाएर तल आयौँ । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेको थ्यो, त्यहीँ नै हेलेन शाहसँग मिटिङ भइराखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, बाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ आधा घण्टाजति चल्यो होला, म्याक्सिमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौँ । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर ड्रिङ्क्स लिइबक्सेको थियो, महाराजाधिराज सरकारले । हामीले चियर्स पनि गरेका छैनौँ, भर्खर ड्रिङ्क्स लिइबक्सेको थियो, यसै बीचमा अब हामीचाहिँ यतापट्टि कुनामा थियौँ हजुर, देखिएन युवराजाधिराज सवारी भएको । अ…. हामीले युवराजाधिराज सवारी भएको देखेनौँ, हामी कुनामा थियौँ । मैले त यो…।

समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सीतिर कि  ?

पारसः होइन, क्यारेमबोर्ड छ नि ।

समितिः क्यारेमबोर्ड यो ?

पारसः क्यारमबोर्ड, क्यारमबोर्ड छ नि ।

समितिः त्यो बारको पछाडि ?

पारसः हो, बारको पछाडि त्यो …कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरूको, अब त्यहाँ उताबाट चुरोटसुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरैजस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइनँ, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर्‍यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुनेबित्तिकै ३ फायर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागिबक्सँदाखेरि एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्डजस्तो लाग्छ, मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरि ३ राउण्डजस्तो लाग्छ First मै त्यो पनि आवाज । महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो, ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै । दुई जना कुदेर गयौँ ।

दाइको एडीसी दौडेर आयो, he shot himself, he shot himself भन्दै आयो । त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलो मुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन, ठूलो मुमाको chance नै छैन भनेर उनीहरूले मलाई भन्यो ।
डा. राजीवचाहिँ महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाईचाहिँ अधिराजकुमारी शोभाले जानै दिबक्सेन, तिमी त्यहीँ बस हिँड्ने होइन, हुकुम भयो । त्यहीँ नै मैले पछाडि फर्केर बहिनीहरू सबै जनालाई ढल्नलाई सुत तिमीहरू यहाँ भनेँ । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो, सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबै जनालाई राखेँ । उता दुई जना सिनियर मेम्बरहरू पनि महेशकुमार र रविशमशेर दुवै जना पनि मेरै छेउमा थिए । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखेँ । यत्तिमै यत्ति हुँदाहुँदै युवराजाधिराज सरकार फेरि फर्केर सवारी भयो । मैले देखेको चाहिँ हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखेँ । धीरेन्द्र सरकारलाई हानिबक्सेको देखेँ, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरि, धीरेन्द्र सरकारले के हुकम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरि ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा हो कि दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई राम्रोसँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्सेबित्तिकै त त्यसपछि त अरुहरू मान्छेहरू त one after another को ढल्यो को ढल्यो । त्यसपछि राम्रोसँग भन्न सक्दिनँ । म पछाडि फर्केर बहिनीहरू सुताउन थालिसकेको थिएँ, अ……मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखेँ यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखेँ । त्योचाहिँ Frist मै ठूलो बुबा सँगसँगै तीन जना ढलेका छन् । त्यो First Automatic weapon MP-5 को फायरले ३ जना ढलेका छन् । बाहिर सवारी भयो, फेरि फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weapon MP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिइबक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यही भुईंमा राख्दिबक्स्यो त्यो । अब के भन्ठानिबक्स्यो भने त्यही एउटा मात्र होला भन्ठानिबक्सेछ । दाइले चाहिँ अरु पनि बोकिबक्सेको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबक्सेको थियो, चारवटा थियो weapon | एउटाचाहिँ बन्दुक left side मा थियो hand gun. Hand gun चाहिँ Left side मा थियो । दाहिने वगलीमा: MP-5 थियो । भिरिबक्सेको shot gun र एम १६, त्यो Automatic हो । भ्यार्र गरेर ठूलो बुबालाई हानिबक्स्यो, कान्छो बुबालाई पनि हानिबक्स्यो, यता खड्गविक्रम ढलिबक्स्यो, उता गोरख ढल्यो । त्यो first attack मै कताकता दागेर बाहिर सवारी भयो । त्यसछि हामी त कुनामै थियौँ । बाहिरपट्टि के भयो, मैले त देखिनँ । फेरि भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई….।

समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन ?

पारसः छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम, म्याक्सिमम भए ३० सेकेण्ड, भित्रबाहिर भित्रबाहिर गरिबक्स्यो । सवारी भयो, ठूलोचाहिँ बन्दुक एम १६, एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो, त्यसपछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो बारको ठ्याक्कै तल ढलिबक्स्यो । हजुर, उतापट्टि गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, श्रुति, त्यसपछि श्रुति मैले आएको देखिनँ, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखेँ । त्यो गएको बेलामा उताबाट फर्किबक्स्यो, युवराजाधिराज सवारी भयो, यतापट्टि ढलिराखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमीलाई के भयो, तिमीलाई के भयो भनेर सवारी भई माथिपट्टि सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कभर गरिबक्स्यो । युवराजाधिराज सवारी भयो, ड्याङ्ग ड्याङ्ग (Point Blank) ड्याङ्ग ड्याङ्ग ड्याङ्ग, यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो बारको मुनिबाट त्योचाहिँ राम्रोसँग देखेको हो मैले । ड्याङ्ग हानिबक्स्यो । त्यो गोली आएर यतापट्टि कार्पेटमा लागेछ । भएर आएर मेचको यतापट्टि काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्योचाहिँ लागेको उसलाई । अब त्यसपछि फेरि बाहिर सवारी भएको हो कि मैले राम्रोसँग सम्झन सकिनँ, वाहिर सवारी भएको जस्तो लाग्छ । दुई/तीनचोटि गरिबक्स्यो भित्रबाहिर, Third time सवारी हुँदाचाहिँ यता… अ… शाहज्यादी जयन्ती दिदी, केतकी अ… श्रुति तीन जनालाई हानिबक्स्यो । श्रुति Third time… अनि बाहिर सवारी भयो युवराज सरकारचाहिँ मैले त्यसपछि यता कुनामा सवारी भयो, त्यो अग्लो मेचजस्तो छ नि हजुर, त्यो कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी पर्‍यौँ… के गरिबक्स्या हजुर … हामी… के गरिबक्स्या please गई बक्स्योस् भनेर त्यो बिन्ती जाहेर गरेँ मैले । नत्र भए सबै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवि उतापट्टि ठ्याक्कै बारको मुनि रवि थियो । अ… महेशको पछाडि मेरो बहिनी छ । पछाडि मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो तीन जना बहिनीहरू मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा बहिनीचाहिँ त्यो सोफाजस्तो छ, त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिएँ मैले । मैलेचाहिँ दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौँ please…. one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो । त्यसपछि थाहा भयो, हामीलाई हानिबक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेका थिए । के के भा’छ भनेर म कान्छो बुबा भएठाउँ गएँ । पारस मेरो खुट्टा चलाऊ न, मैले खुट्टै चलेन अ….. मेरा खुट्टा खुम्च्याउन सक्दिनँ, खुट्टा चलाइदेऊ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन । त्यसपछि यता केटाकेटीलाई हेर भन्नुभयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता बडामहारानी सरकार र निराजनको त बाहिरै कुरा भयो । मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दाखेरि मुमा भर्खर उठिबक्सिराथ्यो, ढलिबक्सेको । मुमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाचाहिँ घँचटेर उठिबक्सेको देखेँ । मैले help गरेर उठाएँ मुमालाई । … म ठीक छैन, म ठीक छैन भन्नुभयो । माथबाट पनि रगत आइराखेको, यस्तो समातेर बसिबक्स्या’थ्यो । माथको रगतचाहिँ अधिराजकुमारी शान्तिको रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिएँ पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यति गरेपछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरेँ मैले, केही पनि छैन ।

उसले अरु मान्छे ल्याउन सकेन उताबाट, बाहिर घुमेर फायरिङ भइराखेको थियो, उता ढोकाको सिसा फुटाएर मैले आऊ भन्दिएँ । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।
त्यसपछि म दौडेर गएर यता मुमा बडामहारानी सरकारकहाँ गएँ । बाहिर पनि मैले त फायरिङ सुनेको थिएँ । मैले त उता भन्ठानेँ, मुमा बडामहारानी सरकारको खोपीमा भन्ठानेँ । दौडेर त्यहाँ गएँ । त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तोयस्तो भयो भनेर जाहेर गरेँ, त्यो बेलासम्म फायरिङ सकिसकेको थियो, म जाँदा मुमा बडामहारानी सरकार…।

समितिः मुमा बडामहारानी सरकार भनेको उता सानो बैठकमा ?

पारसः उता सानो बैठक, बाहिरपट्टिको । त्यहाँ होइबक्सन्थ्यो । त्यहाँ जाँदासम्म Firing बन्द भएको थियो । जब म मान्छेहरूलाई हेर्न गएको थिएँ, त्यो बेलासम्म फायरिङ भइराखेको थियो….. बाहिर…. त्यो चौरमा फायरिङ भइराखेको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो, म केही भन्न सक्दिनँ । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानिबक्स्यो, मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरी बाहिरबाट हानिबक्सेको, मुमालाई पछाडि दुइटा बाहिरबाट हानिबक्सेको मात्र सुनेँ । त्यो मलाई थाहा छैन । मैले नदेखेको कुरा म भन्न सक्दिनँ । मैले देखेको कुराचाहिँ यत्ति हो । म पनि त्यसपछि मान्छेहरूलाई हेरेँ, सबै जना ढलिराखेका छन् । खुट्टा चलाइदेऊ भन्नुभयो । पाउ चलाएँ, सिधै हेर्न सकिँदैन । यता केतकी फुपूलाई हेर भन्नुभयो, कान्छो बुबाले । म खुट्टा पनि चलाउन सक्दिनँ म हेल्प भन्दा धेरै त्यो जाहेर गरे । दौडेर आफूमुमाकहाँ गएँ । मुमाबडामहारानी सरकारकाँ तीन जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर एडीसीहरूलाई भित्र ल्याएँ । त्यो एडीसीहरू बाहिर गए, बाहिर जाँदाखेरि…… हरू ठ्याक्क आइराखेको थियो । म बाहिर पुग्नु र एडीसीहरू आइपुग्नु Almost सेम टाइम थियो । अनि त्यहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ, घाइते मान्छेहरू पनि छ । मरेको मान्छेहरूलाई छाडिदेउ । घाइते मान्छेहरूलाई दौडाइहाल पहिला, भित्र लगे घाइते मान्छेहरू सबै जना पहिला उठाएर one by one सबै जनालाई जोजो पहिला गए जोजो हाल्न सकेँ पठाएथेँ, ५-६ मर्डरहरू थिए । जोजो आए हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएका तिमीहरू खोज भनेर तीन जना । दाइको एडीसी दौडेर आयो, he shot himself, he shot himself भन्दै आयो । त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलो मुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन, ठूलो मुमाको chance नै छैन भनेर उनीहरूले मलाई भन्यो । मैले देखेको होइन, ठूलो मुमाको चान्स छैन, दाइचाहिँ ऐया ऐया गरेर लडिबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाहिँ मैले सँगै हालेर दाइको एडीसीले हाल्यो, म अगाडि बसेँ, पछाडि एक जना ड्राइभरले दाइलाई समाइरा’थ्यो र भाइलाई समातेको थियो पछाडि अर्को एक जना थियो । दुई जनाचाहिँ म र दुई जना एडीसी अर्को एक जना ड्राइभर भएर अस्पताल पुर्‍याको । त्यतिबेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । सबैभन्दा पहिला त सुन्दर भन्ने एडीसी छ, त्यो गर्दा ऊ आयो, उताउताबाट घुमेर आयो, त्यहाँ त फायरिङ भइराखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन उताबाट, बाहिर घुमेर फायरिङ भइराखेको थियो, उता ढोकाको सिसा फुटाएर मैले आऊ भन्दिएँ । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।

यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरू हेर्दै थिए, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहिलाचाहिँ महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछिचाहिँ म गएर मान्छेहरूलाई हेर्न गएको । एडीसीहरूलाई मैले नै बोलाएर त्यो सिसा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।

समितिः सरकारबाट कति weapon use भएको देखिबक्स्यो ?

पारसः मलाई जहाँसम्म लाग्छ एउटा एम १६ युज भएको छ । Glock युज भएको छ । चारवटा युज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फायर देखेको होइन मैले । अरुचाहिँ फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।

समितिः युवराजाधिराजको कसरी ?

पारसः मैले सुनेअनुसार दाइले आफूलाई हानिबक्स्यो, ब्रिजमा हानिबक्सेको ।

समितिः यसको पछाडि के यस्तो कारण ?

मलाई जहाँसम्म लाग्छ एउटा एम १६ युज भएको छ । Glock युज भएको छ । चारवटा युज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फायर देखेको होइन मैले । अरुचाहिँ फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।
पारसः यो विवाहकै हो हजुर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो सुरु भएको पोहोर गएको जन्मोत्सवमा सुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीँ नै हामी आएर कुरा गर्दाखेरि जोजो against अघि जोजो with अब भाइ र म with जहिले पनि वीथ । दाइको त हामी जेजे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाइ र म with थियौँ । अब राजीव त डा. with भयो, श्रुति, गोरखहरू र अरु बहिनीहरू against थिए विवाहको विषयमा । मेन कुरा यही नै जस्तो लाग्छ । मेन कुरा यही होजस्तो लाग्छ ।

समितिः तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?

पारसः मसँग कुरा गरिबक्स्या छैन । मैले अघि तपाईंलाई भनेको जस्तो म जानेबित्तिकै के मर्जी भयो भने मलाई मुमासँग पनि कुरा गरेँ, आफूमुमासँग पनि कुरा गरेँ, नहुने भयो । अब म बुबासँग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भा’थ्यो मलाई ।

समितिः राम्रो मुड थियो ?

पारसः लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मुड । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौँ हामीले । एकदमै जोक गरिबक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो, त्यहाँ तल होइबक्सँदासम्म त ।

समितिः सरकारलाई माथि कसले पुर्‍याएको ?

पारसः हजुर । हामी चार जनाले पुऱ्याएको । हामी चार जना, एक जनाले कहाँ सक्नु !

समिति: बोकेरै लगिबक्स्यो ?

पारसः दुई जना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले अ… राजीव र भाइले दुई जना साइडमा मैले पछाडि समाएर माथि लग्यौँ । गोरख होइन, गोरख पछिपछि आउँदै थियो । माथि…।

समितिः तल सुताइबक्स्यो ?

पारसः तल, मेन गद्दीमा त सुताएनौँ । तल सुतायौँ । मैले भाइलाई भनेको वेपनहरू झिक लैजाऊ, अप्ठ्यारो हुन्छ । ……..पर्दैन होला ……

समिति: त्यो कोठाबाट ?

पारसः कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो, त्यो गद्दीभन्दा तल अर्को एउटा बेड …ऊ… ग्राउण्ड बेडजस्तो त्यहाँ सुताएर हामी तल आएको ।

समितिः वेपन्सहरू ?

पारसः वेपन्स अब त्यो, त्यस्तो त बोकिबक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अ… अनि एम १६ चाहिनी त्यो तखताहरू छ नि, जानेबित्तिकै तखताहरूजस्तो छ ।

समितिः त्यसमा कार्टिजहरू पनि निस्किराखेको थियो ?

पारसः हो, त्यो तखतामा छ । त्यो होला… अँ…. बट्टाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्योचाहिँ एम १६ चाहिनी । एम १६ पनि म चिन्छु हजुर. जहिले पनि चलाइबक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?

समितिः अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ?

पारसः म अब सम्झेँ भनेदेखि, म त्यही सम्झन खोजिरहेको छ । त्यो यस्तो छिटो भैद्या’थ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थेँ कि जस्तो लाग्छ । आफूलाई अहिले, सोच्दाखेरि । जे जति गरेँ, त्यो कम भयोजस्तो लाग्छ आफूलाई ।

– १९ जेठ २०५८ को राजदरबार हत्याकाण्ड सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदनबाट साभार ।


प्रकाशित : २०८१ जेष्ठ १९, शनिबार ०८:३४ गते

ताजा समाचार