अरुण तेस्रो जलविद्युतको सुरुङ मार्गको ‘ब्रेक–थ्रु’


काठमाडाैं । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रू’ भएको छ।

मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले अडिट २ मा स्वीच थिचेर सुरुङ मार्ग ब्रेक थ्रु गरेका हुन्।

प्रधानमन्त्री दाहालले अरुण तेश्रोको ‘ड्यामसाइट’ र ‘पावरहाउस’को हेलिकोप्टरबाटै अनुगमनसमेत गरेका छन्।

भारतीय सतलज कम्पनी (एसजेबिएन) ले निर्माण गरिरहेको उक्त आयोजनाको ७० प्रतिशत काम सकिएको छ।


प्रकाशित : २०८१ जेष्ठ २२, मंगलवार १५:३९ गते

ताजा समाचार