युरोकप फुटबल: स्पेनलाई हराउँदै इटाली इनलमा प्रवेश


२३ असार २०७८ काठमाडौं । इटाली युरोकप फूटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । तीन पटकको च्याम्पियन स्पेनलाई हराएको इटाली नौ बर्षपछि र समग्रमा चौथो पटक युरोकपको फाइनलमा पुगेको हो ।

इंग्ल्याण्डको लण्डनस्थित वेम्बली स्टेडियममा निर्धारित तथा अतिरिक्त समयमा पनि खेल १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जर्जिन्होले गोल गर्दा म्यानुएल लोकाटेली गोल गर्न असफल रहे ।

उता स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे भने डानी ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् । टाइब्रेकरमा दुबै टोलीको सुरुवाती एक(एक प्रहारलाई गोलकिपरले रोकेका थिए । इटालीका लोकाटेलीको प्रहारलाई स्पेनका गोलकिपरले बचाए ।

यस्तै स्पेनका डानी ओल्मोको प्रहारलाई पनि इटालीका गोलकिपरले बचाए । तर स्पेनको पाँचौ पेनाल्टी प्रहारका लागि आएका अल्भारो मोराटाको प्रहार रोकेपछि इटालीले फाइनलमा स्थान बनायो । इटालीका लागि पाँचौ पेनाल्टीमा जर्जिन्होले गोल गरे ।

पेनाल्टी अघि ६० औं मिनेटमा इटालीले फेडेरिको चिसाको गोलबाट अग्रता लिएको थियो । तर ८० औं मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गरेपछि खेल ११ गोलको बराबरी भएको थियो । जितसँगै इटाली ३३ खेलसम्म अपराजित रहन सफल भएको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३५ खेलमा अपराजित रहने कीर्तिमान ब्राजिल र स्पेनको नाममा छ । अब इटालीले उपाधिका लागि आज राति हुने इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।


प्रकाशित : २०७८ असार २३, बुधबार ०३:१९ गते

ताजा समाचार