होटल बसेरामा सुरु भयो एमाले सचिवालय बैठक


काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक सुरु भएको छ।

हनुमानस्थानस्थित होटेल बसेरामा केहीबेर अघि बैठक सुरु भएको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्नेछ।

गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।

सोही निर्णयानुसार कार्यविभाजनसम्बन्धी मापदण्ड बनाएर सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।


प्रकाशित : २०८१ श्रावण १७, बिहीबार १३:१६ गते

ताजा समाचार