प्रधानमन्त्री शेरबहादुर देउवाले पाए १६५ मत


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले १६५ मत प्राप्त गरेका छन । भने विपक्षमा ८३ मत खसेको छ ।
आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए। देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्।
एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए। सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो।


प्रकाशित : २०७८ श्रावण ३, आईतवार १६:३७ गते

ताजा समाचार