बालुवाटारमा देउवाको ‘बर्थ–डे’ !


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्म दिनको शुभकामना दिएका छन्।

माओवादी केन्द्रका अध्यक्षसहितको बैठकका लागि बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका सभापति देउवालाई प्रधानमन्त्री ओलीले दोसल्ला ओढाएर जन्मदिनको शुभकामना दिएका हुन्।

जसको तस्बिर ओली आफैले सामाजिक सञ्जालमा राखेका छन्।

‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्,‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो। सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !’


प्रकाशित : २०८१ भाद्र २७, बिहीबार १२:४३ गते

ताजा समाचार