काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू [फोटो फिचर]


काठमाडौं । आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।

आज (आइतबार) बिहान ८ बजेर २६ मिनेटको शुभसाइतमा हनुमानढोका कालभैरवअगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याइएको छ । यससँगै उपत्यकामा इन्द्रजात्रा सुरु भएको मानिन्छ । आजबाट नै काठमाडौंको विभिन्न टोलबाट देवगणहरू बाहिर निकाल्ने गरिन्छ ।

असोज १ गते मंगलबार इन्द्रजात्राको मुख्य दिन बसन्तपुरबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथ यात्रा सुरु गरिन्छ । इन्द्रजात्रा देवी देउताहरूको जात्रा पनि भन्ने गरिन्छ । यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।

null

हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो बिहान ८ बजेर २६ मिनेटमा ठड्याएपछि यो जात्रा विधिवत रुपमा शुरू भएको हो ।

null

यो जात्रा विविध नाँचगान, रथयात्रा र देवीदेवताको पूजाअर्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।

null

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

null

nullnullnullnullnullnullnullnullnullnull


प्रकाशित : २०८१ भाद्र ३०, आईतवार ११:५७ गते

ताजा समाचार