माओवादीले आज संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने


काठमाडौं । नेकपा माओवादी केन्द्रले आज संसद बैठक अवरोध नगर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने भएपछि माओवादीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक अवरोध नगर्ने भएको हो ।

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर, आजको संसद् बैठकमा भने प्रधानमन्त्रीलाई बोल्न दिने भएको माओवादी केन्द्रका सांसद माधव सापकोटाले जानकारी दिए । उनले पहिला आफ्ना कुरा राख्ने अत्यसपछि प्रधानमन्त्रीलाई बोल्न दिने बताए ।

संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भदौ ३१ गते सोमबार आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । सरकारको सिफारिसमा राष्ट्पतिले संसद बैठक बोलाउने तथा बन्द गर्ने व्यवस्था रहेको छ ।

 


प्रकाशित : २०८१ भाद्र ३१, सोमबार १०:५४ गते

ताजा समाचार