सहकारी ठगी छानबिन समितिले बुझायो प्रतिवेदन


काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाएको छ ।

नेकपा (एमाले)का सांसद सूर्य थापाको नेतृत्वमा बनाइएको सात सदस्यीय छानबिन समितिले सर्वसम्मत रूपमा तयार पारेको प्रतिवेदन संसद्‌मा बुझाएको हो ।

समितिका तर्फबाट सभापति थापाले पेस गरेको प्रतिवेदन कार्यान्वयनका निम्ति सरकारसमक्ष पठाउन सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।


प्रकाशित : २०८१ भाद्र ३१, सोमबार १५:४२ गते

ताजा समाचार