अखिल(क्रान्तिकारी) २३औं राष्ट्रिय सम्मेलन:उमेरहदको बहस कसरी र कहिलेबाट थालनी भयो?


अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने बहस हुँदै आएको छ । उमेर हदको बहस अघिल्ला राष्ट्रिय सम्मेलनदेखि नै हुँदै आएको हो तर लागु हुन सकेको थिएन । २३ औं राष्ट्रिय सम्मेलनले मतदान मार्फत उमेरहद लगाउने र नलगाउने टुङ्गो लगाउने छ ।

उमेरहद बहसको थालनी यसरी भयो

म जिल्ला अदालत काठमाण्डौमा दिउँसो अन्दाजी २ बजेतिर आफ्नै पेशा तिर तल्लिन थिए त्यही समयमा नेपाल ल क्याम्पसका सभापती बिष्णु ढुङ्गेल र अ्मृत साइन्स क्याम्पसका सभापती प्रेम जैशीको भेट्ने प्रस्ताब आयो।

हामी ३ जना जिल्ला अदालत नजिकै रहेको मेघा कलेजको २० मिटर दुरीको एक चिया छाप्रोमा भेट भयो।उक्त भेट पछी मैले मित्र प्रतिक कार्कीलाइ नि त्याहा नजिकै भए भेटौ भन्ने प्रस्ताब राखे त्यसपछी ४ जना पुग्यौ तत्पश्चात मैले उपत्यकाका सभापति र अध्यक्षलाइ बोलाउने प्रस्ताब राखे र सोही बमोजिम उपत्यकाका राजनितिक प्रभाब बोक्ने क्याम्पस बानेश्वरका अध्यक्ष मुकेश बुढा आर, आरका अध्यक्ष शिशिरर बस्याल, सानोठिमीका सभापती रेशमलाल श्रेष्ठ, शकरदेबका अध्यक्ष बिरेन्द्र जिसी, कोटेश्वरका अध्यक्ष सरोज राइमाझी, नेपाल कमर्स क्याम्पसका अध्यक्ष सम्राज राइ, त्रीचन्द्रका अध्यक्ष प्रदिप भण्डारी, पाटन क्याम्पसका अध्यक्ष बिरेन्द्र मगर जनप्रशासन क्याम्पसका उपसभापती र सचिब अनिकेत तिवारी र सत्यम यादब त्यसै गरी सुर्खेत क्याम्पसका सभापति सगै समान्य चिया गफ र आगामी राजनितिक योजना अनुरुप ३२ बर्षे उमेरहदको छ्लफल र अन्य राजनितिक कार्ययोजना निर्माण भए ।त्यस पछी यो योजनाले बजार तताउदै गयो बिभिन्न बैठक आयोजना गरियो।

ज्ञापन पत्र पनि बुझाइयो।अन्तत केन्द्रिय समितिको दोस्रो पुर्ण बैठकमा यो बिषयले प्रबेश पायो।उक्त बिषयमा श्रदय पार्टी अध्यक्ष प्रचण्ड ले समेत बोल्नु भयो त्यस बिचमा कर्णालीका अध्यक्ष कोशी र बाग्मतीका अध्यक्ष समेत यो आन्दोलनमा सरिक भै बैठकमा नै बिषय प्रबेश र ब्याक्त गर्न सहमत हुनुभयो।

उमेरहदको बिषयले अन्ततः सम्मेलनको प्रस्ताबिक बिधानमा प्रवेश पायो तर अर्को सम्मेलनमा लगाउने भन्ने भयो अन्तत:  मत बिभाजनद्दारा नै अगाडी बढ्ने कुरा भयो । र आजको स्थितिमा यो योजना कसैको लागी मागी खाने भाडो बन्यो जो हिजो खिसिट्युरी गर्दै थिए।


प्रकाशित : २०८१ आश्विन १५, मंगलवार ०९:२० गते

ताजा समाचार