अखिल (क्रान्तिकारी) को महासचिवमा हेडक्वाटरको उम्मेदवार खड्का


अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा महासचिव पदका लागि रोशन खड्कालाई पार्टी हेडक्वाटरले अघि सारेको छ ।

खड्कालाई पार्टी हेडक्वाटरले महासचिव पदका लागि अघि सारेको हो । ‘जसको नीति, उसैको नेतृत्व’ र ‘विद्यार्थी आफैँले परिवर्तनको नेतृत्व गर्नुपर्ने’ मान्यतासहित खड्काले महासचिव पदमा उम्मेद्वारी दर्ता गरेका हुन।

उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् । ३२ वर्षे उमेरहद तोकिएका कारण अखिल (क्रान्तिकारी)मा यसपालिको नयाँ नेतृत्वलाई रुचिपूर्वक हेरिएको वेला पार्टी हेडक्वटरको महासचिवको आधकारिक उम्मेद्वारो रुपमा खड्कालाई अघि सारेको बुझिएको छ ।

विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा उनको जोड छ।

बागमती प्रदेश आफ्नो गृह क्षेत्र भएकाले र विशेष प्रदेशमा आफ्नो कार्यक्षेत्र बलियो रहेको कारण आफूलाई जित सहज हुने विश्वास उनले व्यक्त गरेका छन् ।

यसअघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाटनपछि स्थगित भएको सम्मेलनलाई आज मनोनयन दर्ता र माघ १२ गते मतदानको मिति तय गर्दै अघि बढाइएको छ।


प्रकाशित : २०८१ माघ ९, बुधबार ००:१७ गते

ताजा समाचार