काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ ।
परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.ekantipur.com, www.ncell.axiata.com, www.see.ntc.net.np, www.ekantipur.com, बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।
प्रकाशित : २०७८ श्रावण २३, शनिबार ०९:२२ गते