एकीकृत समाजवादीको संसदीय दलको दोस्रो बैठक जारी


माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको दोस्रो बैठक सुरू भएको छ । बैठकमा संसदीय दलका नेता समेत रहेका अध्यक्ष माधव कुमार नेपालले पार्टीको मस्यौदा विधान प्रस्तुत गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा जारी बैठकमा सांसदहरू वेदुराम भुसाल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, किसन श्रेष्ठ, निरादेवी जैरु, कृष्णलाल महर्जन,मेटमणि चौधरी, कल्याणी खड्का,लगायतका सांसदहरू उपस्थित छन् । नेकपा एसको संसदीय दलको यो दोस्रो बैठक हो ।


प्रकाशित : २०७८ भाद्र २३, बुधबार ०९:२७ गते

ताजा समाचार