एमसीसी विरुद्ध २२ दलीय गठबन्धनको विरोध तथा जनसभा


काठमाडौं । २२ दलीय गठबन्धनले एमसीसीविरुद्ध विरोध प्रदर्शन तथा जनसभा गरेको छ । काठमाडौंको माइतीघरदेखि नयाँबानेश्‍वरसम्‍म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो । उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, भन्दै नारा तथा विरोध प्याली निकालेका छन । प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल,सीपी मैनाली लगायतको सहभागी थियो। एमसीसीविरुद्ध पटक पटक प्रदर्शन तथा विरोध कार्यक्रम आयोजन हुदै आएको छ ।


प्रकाशित : २०७८ भाद्र २३, बुधबार ०९:४० गते

ताजा समाचार