नयाँ पुस्तालाई लिएर फेरि आन्दोलन गरुँगरुँ लागेको छ: डा. देवेन्द्रराज पाण्डे


जनताले जुन उद्देश्य र अभीष्ट राखेर गणतन्त्र र संविधान ल्याए, त्यो पूरा भएन । त्यो नहुनुको कारण पनि यिनै नेता हुन्। गणतन्त्रमा नेता र कार्यकर्ता पनि राजा र रैती जस्तो देखिन्छन् । लोकतन्त्र कहाँ गयो ? संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिने कोही भएनन् । पछाडि फर्किएर हेर्ने कोही भएनन्। सुधार्नभन्दा बिगार्नतिर लागे। यो व्यवस्थालाई हामी लिन्छौं भन्ने खबरदारी गर्ने युवा जमात चाहिएको छ। एकपटक फेरि सडकमा उभिन मन छ। जनताको अधिकार, स्वतन्त्रता र समानताका लागि नेताहरुलाई खबरदारी गर्न मन छ। नयाँ पुस्तालाई लिएर फेरि शान्तिपूर्वक आन्दोलन गरुँगरुँ पो लागेको छ।’

(यो समग्री नेपाल समयमा राज सरगमले तयार पार्नुभएको फिचरबाट लिइएको हो ।)


प्रकाशित : २०७८ भाद्र २७, आईतवार ०३:४९ गते

ताजा समाचार