मार्च ८ः महिला मुक्तिको गौरवपूर्ण दिन


रमा गिरी, अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय सचिव

पुँजीवादको उदयसँगै महिलाहरु घरभित्रको दासी, अर्धदासीको अवस्थाबाट बाहिर निस्केर उद्योग कलकारखानामा ज्यालामजदुरीको काम गर्न सुरु गरे । तर उद्योग कलकारखाना पनि पितृसत्तात्मक सोच, चिन्तन र परम्पराबाट जकडिएकै थियो । ज्यालामा असमानता १६ घन्टा काम गर्नुपर्ने, मातृशिशुको असुरक्षा, ट्रेड युनियनमा महिलाई सामेल नगराइनेजस्ता भेदभाव थियो । पुँजीवादले महिलाहरुलाई अधिकारको रुपमा घरबाहिर त निकाल्यो तर दासत्वबाट निकाल्न सकेन । महिलाहरुको श्रमबाट उत्पादन पनि बढायो तर सामन्तवादको गर्भबाट नै जन्मेको हुनाले घरभित्र र बाहिरको उत्पिडनले महिलाहरुलाई झन दोहोरो शोषणको जन्जिरले बाँधिदियो । पुँजीवादको चरम शोषणका कारण पुँजीवादलेनै उठाएको अधिकार र स्वतन्त्रताको नाराले महिलाहरुमा नयाँ जागरण आयो । अधिकारको लागि स–साना क्लबहरुदेखि ठुला–ठुला उद्योगहरुमा संगठित र आन्दोलिन हुँदै गए । परिणामस्वरुप मार्च ८, १८९७ का दिन अमेरीकाको न्यूयोर्क शहरको कपडा मिलका मजदुर महिलाहरूले ८ घन्टा काम समान कामको समान ज्याला, महिला मजदुरहरुलाई ट्रेड युनियनको अधिकार, मातृ शिशुको सुरक्षा, मताधिकारलगायतका माग राखी जुलुस, सभा र पछि आम हडताल सुरुगरे ।

महिलाहरुको इतिहासमा यो पहिलो संगठित बिद्रोह थियो । यो बिद्रोह दबाउन पुँजीवादी शाशकहरुले ठुलै कसरत गरे तर विद्रोही महिलाहरु डगमगाएनन् । संघर्ष निरन्तर अगाडि बढाइरहे पनि मागहरु पुरा हुनसकिरहेको थिएन । यो आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोडेर मात्रै परिणाम हासिल गर्न सम्भव छ भन्दै समाजवादी नेतृ क्वलारा जेट्किनले पुँजीवादमा अल्झिरहेको महिला आन्दोलनलाई समाजवादी आन्दोलनमा रुपान्तरण गरिदिइन । सन् १९०७, मार्च ८ मा अन्तर्राष्ट्रिय समाजवादी महिलाहरुको पहिलो सम्मेलन जर्मनको स्टुगार्डमा क्वालारा जेट्किनको नेतृत्वमा सम्पन्न भयो । जहाँ १५ देशका ५६ जना प्रतिनिधिहरुले भाग लिएका थिए ।

सन् १९०८ देखि १९०९ सम्म आन्दोलन सशक्त बन्यो । सन् १९०९ मार्च ८ को दिन आन्दोलन उत्कर्षमा पुग्यो । निरन्तण संघर्षको परिणामस्वरुप ८ घन्टा काम, समान कामको समान ज्याला, उद्योगभित्र शिशु स्याहार केन्द्रको व्यवस्था, ट्रेड युनियनमा समावेसजस्ता मागहरु सम्बोधन भए । यी उपलब्धिहरु प्राप्त भएको दिनको स्मरणमा ८ मार्चलाई अन्तरर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउनको लागि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगेनमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले निर्णय गर्याे र सन् १९११ देखि संसारभरका महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउँदै आइरहेका छन् । अधिकार र मुक्तिका लागि यस दिनलाई संघर्ष र अधिकारको संकल्प गरेको उत्सवको रूपमा स्मरण गर्ने गरिन्छ ।

उक्त सम्मेलनले कुनै पनि प्रकारको लैङ्गीक भेद नगरिकन सबै ठाउँमा महिलाहरुलाई समान अधिकारको प्रस्ताव पारित गरेको थियो । अमेरिकाको न्यूयोर्क शहरमा पनि महिला मजदुरहरुको आन्दोलन उठिसकेको थियो । सम्मेलनको प्रस्तावले त्यस आन्दोलनलाई सशक्त बनाउन थप प्रेरणा दियो । सन् १९०८ देखि १९०९ सम्म आन्दोलन सशक्त बन्यो । सन् १९०९ मार्च ८ को दिन आन्दोलन उत्कर्षमा पुग्यो । निरन्तण संघर्षको परिणामस्वरुप ८ घन्टा काम, समान कामको समान ज्याला, उद्योगभित्र शिशु स्याहार केन्द्रको व्यवस्था, ट्रेड युनियनमा समावेसजस्ता मागहरु सम्बोधन भए । यी उपलब्धिहरु प्राप्त भएको दिनको स्मरणमा ८ मार्चलाई अन्तरर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउनको लागि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगेनमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले निर्णय गर्याे र सन् १९११ देखि संसारभरका महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउँदै आइरहेका छन् । अधिकार र मुक्तिका लागि यस दिनलाई संघर्ष र अधिकारको संकल्प गरेको उत्सवको रूपमा स्मरण गर्ने गरिन्छ ।

नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको संघर्षमय र लामो इतिहास जोडिएको छ । बोल्न पाउने स्वतन्त्रताको हकसमेत प्रतिबन्ध गरेको पंचायती व्यवस्थाको विरुद्धमा र उत्पिडनमा रहेका महिलाहरूलाई आफ्नो हकबारे सुसूचीत गर्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नारी दिवसको रूपमा मनाउने गरिन्थ्यो । यहि क्रममा पंचायती शासकले अनेकौं दमन र धरपकड गर्दा पनि महिलाहरुले जेलनेल झेल्दै संघर्षलाई निरन्तर अगाडी बढाइरहे । बि.स. २०१७ देखि नेपालमा पनि सरकारी बिदा दिदै सरकारी तवरबाटै नारी दिवसको रुपमा मनाउन सुरु गरिया । बहुदल स्थापनापछिका केही बर्ष नारिवादी सोच भएकाहरुलाई समेत केन्द्रित गरेर महिला आन्दोलन र आवजहरु एकीकृत गर्ने प्रयास भयो । तर, उनीहरुलाई नारी दिवसभन्दा माथि अन्तर्राष्ट्रिय श्रमिक दिवसमा उठाउन सकिएन र आ–आफ्नो सोच र ढंगबाट कसैले परम्पराको रूपमा मनाउने गरे भने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्न सहमत महिला संगठनहरु (खासगरी वामपन्थी पृष्ठभुमि भएकाहरुको) बीचमा संयुक्त र खुल्ला कार्यक्रम गर्न थालियो । जनयुद्धको सुरुमा पार्टी प्रतिवन्धित अवस्थामा हुँदाहुँदै महिलाहरुले खुल्ला रूपमा २०५२ को ८ मार्च मनाउन सफल भए । यो इतिहासको एउटा उल्लेख्य परिघटना थियो । खासगरी लै‌गिक शोषण र असमानता विरुद्धको संघर्ष र मुक्तिको कोसेढुंगाको रूपमा स्थापित ८ मार्च नेपालको सन्दर्भमा परिणाम हासिल गर्ने संघर्षको उठानभन्दा परम्पराको बुझाईमा मनाउनको लागि मनाउने प्रचलन हावि हुँदै आयो र आज पनि त्यो मानसिकता हट्न सकिरहेको छैन ।

जनयुद्धको सुरुमा पार्टी प्रतिवन्धित अवस्थामा हुँदाहुँदै महिलाहरुले खुल्ला रूपमा २०५२ को ८ मार्च मनाउन सफल भए । यो इतिहासको एउटा उल्लेख्य परिघटना थियो । खासगरी लै‌गिक शोषण र असमानता विरुद्धको संघर्ष र मुक्तिको कोसेढुंगाको रूपमा स्थापित ८ मार्च नेपालको सन्दर्भमा परिणाम हासिल गर्ने संघर्षको उठानभन्दा परम्पराको बुझाईमा मनाउनको लागि मनाउने प्रचलन हावि हुँदै आयो र आज पनि त्यो मानसिकता हट्न सकिरहेको छैन ।

१६ औं शताब्दीमा न्याय र समानताको लागि संसारभरका महिलाहरुले गरेको संघर्षको गौरवगाथा बोकेको र अधिकारको संकल्प गरेको उत्सवको रूपमा स्मरण गर्ने गरिएको ८ मार्च आजको सन्दर्भमा पनि उतिकै स्मरणयोग्य र सान्दर्भिक छ । १८ औ शताब्दी र २१ औ शताब्दीको तुलना गर्दा ८ मार्चको औचित्य पुरा हुन सकिरहेको छ कि छैन ? संसारभरका महिलाहरुले यसलाई कसरी बुजेका र ग्रहण गरेका छन ? ८ मार्चको एतिहासिक मूल्य–मान्यता र उदेश्यप्रती कस्तो मूल्यांकन गरेका छन ? आजको विश्वमा यसको आवस्यकता र महत्व कति छ ? अन्तर्राष्ट्रिय महिला दिवसलाई हेर्ने र बुझ्ने बिचारधारात्मक दृष्टिकोणमा के कति भिन्नता रहेकोछ छ ? हाम्रो सामु यस्ता ज्वलन्त प्रश्नहरु यथार्थ धरातलमा उभिएका छन् ।

यहि सेरोफेरोबाट अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मूल्य–मान्यता संस्थागत गर्न संसारभरका महिलाहरुलाई २१ औं शताब्दीको शोषण, दमन, अन्याय, उत्पिडन र असमानताबाट मुक्त गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बहस जरुरी छ । अहिलेको विश्व मानचित्रमा महिलाको अवस्थामा कतिपय ठाउँ, जातिविशेष, धर्मविशेष र संस्कारमा हेर्ने हो भने १८ र १६ औ शताब्दी भन्दा माथि उठ्न सकेको छैन भन्न सकिन्छ । अविकसित तेस्रो विश्वका महिलाहरु अझै पनि मध्ययुगिन सामन्ती बर्बरता र आधुनिक पुँजीवादी उत्पिडन एकैसाथ भोगिरहेका छन् । आधुनिक विश्वमा शोषणका रुपहरु बदलिएका छन । कलकारखाना उद्योगधन्दा घरायसी कामकालागी विभिन्न मुलुकहरुमा गर्ने आवतजावत हत्या, बलत्कार, श्रमशोषण, घृणा, तिरस्कार चरमरुपमा बढेको छ । सामन्तवाद र पुँजीवाद एउटै गर्वबाट जन्मिएकोले शोषणका रुपहरु फरक देखिए पनि सारमा भने खासै फरक रहँदैन । सामन्तवादभन्दा पुँजीवाद केही प्रगतिशील वयवस्था हो । यसले पुँजीको विकास गर्यो । उत्पादन बढायो । तर पुँजीवादी व्यवस्थाको वितरण प्रणालीमा गम्भीर त्रुटी देखिन्छ, जसको कारण उत्पीडनको नयाँ रुपहरु पनि खडा गरेको छ । सबै प्रकारको उत्पीडनबाट मुक्त गर्नका लागि उत्पिडनका रुपहरुलाई सहि तरिकाले बुझ्न निरुत्साहित र अन्त्य गर्न सहि राजनीतिक बिचारधारा, नीति कार्ययोजना आवश्यक हुन्छ ।

संघर्ष र मुक्तिको गौरव निर्माण गरेको ८ मार्चको ऐतिहासिकतालाई बलियोसँग आत्मासाथ गर्दै न्याय र समानताको आन्दोलनका लागि थप एकतावद्ध भएर राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको लागि पहलकदमी आवश्यक बनेको छ । विशुद्ध नारिवादी दृष्टिकोणबाट मात्र नभै सिंगो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, उत्पीडनबाट मुक्त गर्न सक्ने समानता, न्याय, स्वतन्त्रतालाई संस्थागत गर्न र सबै खाले महिला हिंसा अन्त्यका लागि संसारभरका महिलाहरुबीच संगठित र एकतबद्ध भएर साझा धारणा बनाउन सके ८ मार्चको औचित्य सावित हुनसक्दछ । युगिन आवश्यकताको महत्वबोध गर्न नसक्ने हो भने मार्च ८ परम्परा धान्ने दिन मात्रै बन्छ, जसको कुनै सार्थकता हुँदैन । त्यसैले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस न्याय, समानता र स्वतन्त्रताको आन्दोलनमा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको छ ।


प्रकाशित : २०७८ फाल्गुन २४, मंगलवार ०३:०१ गते

ताजा समाचार