निकट भविष्यमै नेपालमा क्रिप्टो करेन्सी प्रयोग गर्न सकिने


हरिश्चन्द्र खड्का

काठमाडौं, मंसिर ९ । अर्थमन्त्री जनार्दन शर्माले भविष्यमा नेपाली बजारमा पनि क्रिप्टोकरेन्सी कारोबार गर्न सकिने बताउनुभएको छ । नेपाली बजारमा अवैध मानिएको क्रिप्टो करेन्सी विस्तारै वैध गर्ने प्रक्रिया जान लागेको सन्देश अर्थमन्त्रीले दिएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले डिजिटल भुक्तानीलाई व्यापक बनाउँदै क्रिप्टोकरेन्सीको प्रयोगतर्फ जान सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, सबैभन्दा पहिले हामीले डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउनुपर्छ । त्यसपछि ‘क्रिप्टोकरेन्सी’को प्रयोगतर्फ लाग्न सक्छौँ ।

के हो क्रिप्टोकरेन्सी ?

क्रिप्टोकरेन्सी एक डिजिटल वा भर्चुअल मुद्रा हो, जुन सेवाहरू र सामानहरू किन्न प्रयोग गर्न सकिन्छ। क्रिप्टोकरेन्सीको लागि कुनै केन्द्रीय बैंकहरू छैनन् तर विश्वभरका क्रिप्टो प्रयोगकर्ताहरूको कम्प्युटरमा ब्लकचेनको श्रृंखला मार्फत रेकर्ड गरिएको हुन्छ, जसले ह्याक र हेरफेर गर्न लगभग असम्भव बनाउँछ। बिटक्वाइन, इथरम, एक्सआरपी, बिएनबी आदि क्रिप्टोकरेन्सीका केही उदाहरण हुन्।

 


प्रकाशित : २०७८ मंसिर ८, बुधबार १७:१४ गते

ताजा समाचार