रामेछाप । नेकपा (माओवादी केन्द्र) रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको सचिव पदमा तिलक थापा मगर निर्वाचित हुनुभएको छ ।
पूर्व विद्यार्थी नेतासमेत रहेका थापाले त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ अहिले लोपोन्मुख बन्यजन्तुहरुको अनुसन्धान तथा संरक्षण अभियानमासमेत लागिरहनुभएको छ।
लामो समयदेखि युवा विद्यार्थीहरुको टिम बनाएर माक्र्सवादी दर्शनको अध्ययन र डिस्कोर्शसमेत गर्दै आउनुभएका थापा रामेछापको माओवादी पार्टीका वैचारिक नेताका रुपमा परिचित हुनुहुन्छ ।
प्रकाशित : २०७८ मंसिर १२, आईतवार १४:३६ गते