
रामेछाप । नेकपा ( माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाको सम्मेलनबाट ५५ सदस्यीय कमिटी सर्वम्मतिले निर्माण भएको छ । सम्मेलनले हिरा श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा टीका माल्बुके, रेम थापा मगर र चन्द्र बहादुर थापा चयन भएका छन् । सचिवमा पूर्व विद्यार्थी नेता तिलक थापा मगर, सहसचिवमा खडानन्द ढुंगेल र कोषध्यक्षमा गालिकाका उपप्रमुखसमेत रहेका कृशला घिशिङ चयन भएका छन् ।
दोरम्बा हत्याकाण्डले विश्वभर परिचित यस पालिका माओवादीको लालकिल्ला मानिन्छ । यस पालिकामा स्थानीय सरकार पनि माओवादी कै रहेको छ ।
प्रकाशित : २०७८ मंसिर १२, आईतवार १४:५७ गते