मैले माओवादी नै किन रोजेँ


नेपाली युवाहरुमा राजनीतिमाथि नकारात्मक बहस छ । अरु सबै काम गर केटाहरु तर राजनीति नगर । राजनीतिले देश विगार्यो । बुढा नेताहरुको कारण देश बनेन । सक्षम नेता सत्तामा नपुगेका कारण देश बनेन । अब यो देशमा बसेर भविष्य छैन, सकेसम्म युरोप लाग्नुपर्छ । नसके खाडी मुलुक भए पनि जानुपर्छ । यस्तै यस्तै ।

यस्तै बहस गर्ने युवामध्ये एउटा म थिए । मलाई राजनीतिप्रति वास्तवमा घृणा थियो । राजनीतिमा लाग्नुभनेको समयको बर्बादी हो । म केही वर्ष राजनीतिभन्दा अन्त्यै दौडिए । नेताहरुलाई गालि गर्दै हिडेँ । तर जिन्दगीमा केही हात लागेन । राजनीति ठिक नहुदासम्म अन्य क्षेत्रमा पनि केही गर्न नसकिने रैछ । त्यसपछि मेरो दिमागमा आउन थाल्यो कि, यो विग्रिएको भनिएको राजनीति कस्ले सुधार्छ त ? हामी युवा पुस्ता बुढा पुस्तालाई गाली गरेर बस्ने हो भने यो देशमा हाम्रो भूमिका के त ? यदि हामी युवापुस्ता सक्षम पुस्ता हो भने हामीले नै राजनीति गर्नुपर्छ । तर राजनीतिलाई पेसा बनाएर हैन, अन्य व्यवसायसहितको राजनीति अजको आवश्यकता हो भन्ने निष्कर्षसहित म राजनीतिक मैदानमा प्रवेश गरें ।

मैले माओवादी नै किन रोजेँ

नेपालमा थुप्रै पार्टीहरु थिए, कुन पार्टीमा लाग्ने ? अलमल हुनसक्थ्यो ? तर म अलमलमा परिन । संघीय गणतन्त्र ल्याउन सबैभन्दा धेरै बलिदान गरेको पार्टी माओवादी थियो । १८ घण्टा लोडसेडिङ गराएर इन्भर्टर बेचेर देश ब्रह्मलुट गरिरहेकै वेला देशमा लोडसेडिङको अन्त्य गरेर देश बचाउने माओवादी नै थियो । गाउँगाउँमा विजुली र विकास पुर्यायने माओवादी थियो । ओली सरकारले उजेलो नेपाल मन नपरेर कुलमान घिसिङलाई विद्युत प्राधिकरणबा हटाएको थियो । ओली सरकार खुलेआम देश लुटिरहेको थियो । देश बचाउन आफ्नै सरकार ढालेर पुन देश बचाउने राजनीतिक कमाण्डर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुनुहुन्थ्यो । माओवादी केन्द्र थियो । कुलमान घिसिङलाई पुन विद्युत प्राधिकरणमा नियुक्त गर्ने पनि माओवादी नै थियो । मैले २०७० यताको राजनीति निकै नजिकबाट नियालेर हेरें । मेरो निष्कर्ष के छ भने, देशलाई लुटको स्वर्ग बनाउनु छ भने, केपी ओलीलाई जिम्मा लगाइदिए पुग्छ । तर आम नागरिकको कल्याण हुने देश बनाउनु छ भने यो देशको नेतृत्व प्रचण्ड र माओवादीले गर्नुपर्छ । यस्ता थुप्रै कारणले मैले माओवादी केन्द्र रोजे र त्यसैबाट राजनीतिक यात्र सुरु गरे ।

अहिले म जाजगरकोट–काठमाडौं समन्वय समितिको उपाध्यक्ष छु । मलाई पार्टीले विस्वास गरेर पार्टी र देशका लागि केही योगदान गर्ने अवसर दिएको छ । म यसै मिडिया मार्फत जाजरकोटबाट राजधानी आएर बस्नुहुने माओवादी समर्थहरुलाई यो मञ्चमा जोडिन आग्रह गर्छु । अब जाजरकोटमा विकास र समृद्धि ल्याउने काम माओवादीको जिम्मेवारीमा आएको छ । यो कही गर्ने समय हो । देश बनाउने समय हो । अबको निर्वाचनमा देश ओलीहरुको हातमा गयो भने त्यसले भयानक दुर्घटना निम्त्याउने पक्का छ । त्यसकारण देशको रक्षाका लागि, देशको विकस र समृद्धिका लागि, देशको सुसान र लोक कल्याणकारी राज्य निर्माणका लागि माओवादी केन्द्रलाई सरकारको नेतृत्वमा पुर्याउन अनिववार्य छ ।

युवालाई आकर्षित गर्ने कार्यक्रमको आवश्यकता

माओवादी केन्द्रले यतिवेला युवाहरुलाई कन्द्रित गरेर राजनीतिक मुद्दाहरु उठाउन जरुरी छ । माओवादी केन्द्रमा युवाहरुका लागि धेरै अबसरहरुको सिर्जना गरिनुपर्दछ । देशभर माओवादी पार्टीको नेतृत्वमा आईटी सम्बन्धी विभाग बनाएर युवाहरुलाई त्यसको ट्रेनिङ संचालन गर्न सकिन्छ । त्यसैगरी युवाहरु वेरोजगारको समस्यामा छन् । उनीहरुको रोजगारीका लागि माओवादी केन्द्रले देशव्यापी अभियान संचालन गर्नु आवश्यक छ । त्यसैगरी युवाहरुलाई उत्पादनसँग जोड्ने कार्यक्रममा पनि पार्टीले जोड दिनुपर्छ । त्यसैगरी केन्द्रदेखि गाउँ कमिटीसम्म युवाहरुलाई नेतृत्वमा ल्याउने, उनीहरुलाई ट्रेनिङ दिने, स्कुलिङ गराउने र नेतृत्व क्षमताको विकास गराउने कामहरु पनि माओवादी केन्द्रले गर्न आवश्यक छ । यो काम सबै केन्द्रको मुख ताकेर हुन सक्दैन । सबैले आफ्नो कमिटीमा सिर्जनात्मक भएर पहल लिनु आवश्यक छ । हामी जाजरकोट–काठमाडौं समन्वय समितिको तर्फबाट युवाहरुलाई ग्रुमिङ गर्ने, स्कुलिङ गर्ने, जाजरकोटको विकासका लागि नेतृत्वदायि भूमिका खेल्ने काममा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गर्दछु ।

यतिवेला नेकपा (माओवादी केन्द्र) पुनर्गठनको एउटा महान अभियानमा छ । माओवादी पुनः हजारौं युवाहरुको आकर्ष बन्दै छ । माओवादी दश लाख कार्यकर्ता भएको पार्टी बनिसकेको छ । जनताको पक्षका काम गर्दै जाने हो भने यो संख्या अझै थपिन्छ । तर यो त्यती सजिलो विषय छैन । माओवादी केन्द्रले आफ्ना कार्यक्रमहरु अझ प्रभावकारी रुपमा जनतामाझ लान सक्नुपर्छ । यतिवेला देशलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको आवश्यकता छ ।


प्रकाशित : २०७८ मंसिर १३, सोमबार ०२:५१ गते

ताजा समाचार