गोरखा : गोरखा जिल्ला भिमसेनथापा गाउपालिका वडा न ३ मा तरुण दल गठन कार्यक्रम सम्पन्न भएको छ ।
आज सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस को भातृ संगठन तरुण दल , महिला संघ , दलित संघ गठन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथ्यता नेपाली कांग्रेस गोरखा जिल्लाका सह सचिव लुमनाथ लामिछाने ले गरेका थिए ।
त्यसै गरि क्रमशः कार्यक्रमको सभापतित्वमा नेपाली कांग्रेस भिमसेन थापा गाउपालिका वडा न ३ का सभापति नेत्र पुडासैनी , भिमसेन थापा गाउपालिकाका कांग्रेस सभापति नारायण भट्टराई , प्रदेश ‘ख´ को सचिव ऋषिराम लामिछाने , प्रदेश ‘ख´को सह सचिव समीर ढकाल , वडा न ३ का अध्यक्ष लिलानाथ लमिछाने र लोकतान्त्रिक क्लबको अध्यक्ष प्रदिप खनालको उपस्थिति रहेको थियो ।
आज सम्पन्न तरुण दल गठनमा अध्यक्षमा – धुव्र खनाल , उपाध्यक्ष – सोम भुजेल , सचिवद्वयमा – ऋषि खनाल ( रितिक ) र रोशन लामिछाने , सह-सचिवमा – जीवन सुवेदी र अनिता दाहाल , कोषाध्यक्ष – अनन्त खनाल , सदस्यहरु – अशोक खनाल , रुपेश भट्ट , वसन्त लामिछाने , रषिक खनाल , मनिक खनाल , समीर पाण्डे , सुनिता खनाल , सन्देश लामिछाने , सुवर्ण पुडासैनी , मनोज लामिछाने ( विकास ) , पवन सुवेदी , आशिष् अधिकारी , विपन लामिछाने , विप्लव लामिछाने, कुमार भुजेल , सुदिप विक , संगम बराम , प्रकाश विक , सुजन कोईराला आदि रहेका छन ।
नव निर्वाचित तरुण दलका पदाधिकारीहरुले सपथ ग्रहण गरि आउदा दिनमा पार्टीको हक हितमा आफुले सक्दो योगदान गर्ने बताएका छन ।