यसकारण गर्नैपर्छ जीवन बीमा ?


संजय थापा, सिटजन्स लिडर

म एक वर्षदेखि सिटिजन लाइफ इन्सुरेन्समा अभिकर्ताको रुपमा काम गरिरहेको छु । यस बीमा कम्पनीको बानेश्वर शाखा मेरो एकवर्षदेखिको गन्तव्य बनिरहेको छ । सिटिजन लाइफ इन्सुरेन्सको अभिकर्ता भएको एकवर्षमा मैले जीवनको महत्व बुझ्ने मौका पाएँ । समयको महत्व बुझ्ने मौका पाएँ । वास्तवमा मैले बीसौं वर्षमा पनि नसिकेका कुराहरु यसमा लागेर सिकें । एक वर्षअघि मलाई इन्सुरेन्सको एजेन्ट बन्ने कुरा बेकारको काम हो भन्ने लाग्थ्यो । केही काम पाइएन भने इन्सुरेन्सको एजेन्ट हुने हो भन्ने धारणा मेरो थियो । तर त्यो गलत रहेछ । म आज भन्छु– यो धेरै सम्मानित पेशा हो । धेरै चुनौतिपूर्ण पेशा हो । सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने पेशा हो । यो जोसुकैले, अन्त केही कामा नपाउँदा गर्ने पेशा हैन । अर्को कुरा वास्तविकअभिकर्ता बन्नु त्यति सजिलो पनि छैन । त्यसकालागि एउटा व्यक्तिसँग ठूलो धैर्यता चाहिन्छ । लगाव चाहिन्छ । वास्तविमै बीमा अभिकर्ता बन्न हिम्मत चाहिन्छ ।

तपाईहरुलाई बीमा गराउन, दुख परेको समयमा थोरै भए पनि तपाईको जीवनमा, तपाईको परिवारमा खुसी भर्न सकियोस भनेर हामी अभिकर्ता बनेका छौं । हामी जहिले पनि जीवन र मृत्युको उस्तै संभावनासहित बाँचिरहेका छौं । म केही भए भने मेरो परिवारलाई के होला ? मैले उनीहरुका लागि केही गर्न सकिरहेको छैन ? म र मेरो परिवार ठूलो विरामीमा पर्यो भने कसरी उपचार गर्ने ? यस्तै यस्तै चिन्ताबाट हामी अक्सर मनमनै पीडित बनिरहेका हुन्छौं । तर आफ्नो कमाइको थोरै थोरै मात्रै पनि बचाएर हामीले जीवन बीमा गरिराख्यौं भने हाम्रो जीवनमा भैपरि आउने जोखिमको सारथी हो– बीमा । त्यसैले मैले त आफ्नो र परिवारको जीवनविमा पनि गरे र अरुलाई पनि जीवन बीमा गराउन अभिकर्ता बनेर तपाईहरुमाझ आएको छु । हामी कोही नछुटौ ।

तर बीमा गर्नुपर्छ भन्दा धेरैको प्रश्न छ– किन गर्ने बीमा ?

जीवन बीमा गर्नैपर्ने १० कारणहरु

१. बचत, लगानी र जोखिम हस्तान्तरण गर्न
जीवन बीमा बचत र लगानी दुवै हो । यसले आर्थिक जोखिम बहन त गर्छ नै साथै बीमा गरेको व्यक्तिलाई बीमा अवधिभित्र कुनै घटना घटेमा बिभिन्न सेवासुविधासमेत प्राप्त हुनेछ । मृत्यु भएमा बीमांक रकम र आर्जित बोनस प्राप्तहुनेछ र केहि भएन भने बीमांक रकम र आर्जित बोनस प्राप्त हुनेछ । जीवन बीमा बचत, लगानी र जोखिमहरुको हस्तान्तरण गर्ने साधन हो ।
२. बोनस र नाफाप्राप्तगर्न
जीवन बीमा गर्दा आर्थिक लाभ हुन्छ । बोनस प्राप्त हुन्छ । बीमा गरेको व्यक्तिको बीमा अवधिभित्र मृत्यु भएमा उसका परिवारले बीमांक रकम र आर्जित बोनस प्राप्त गर्दछ र केहि भएनभने अवधि पूरा भएपछि बीमांक रकम र आर्जित बोनस थप प्राप्त गर्दछन् । त्यसकारण बीमामा आर्थिक फाइदा छ ।
३. भविष्यको योजना निर्माण गर्न
निश्चित समयावधि पछि बीमा रकमबोनस सहित फिर्ता हुने हुनाले भविष्यमा आइपर्दा एकमुष्ट प्राप्त गर्न सकिनेछ, जुन रकमको सहि सदुपयोग गर्न सकिनेछ ।
४. आर्थिक जोखिमको हस्तान्तरण गर्न
जीवन अमूल्य छ । तर पनि एक व्यक्तिको आडमा परिवारको पालन पोषण, शिक्षा दीक्षा चलेको हुन्छ । उसको अनुपस्थितिमा परिवारमा आर्थिक संकटको सिर्जना हुन्छ । जीवन बीमाले यस्तो आर्थिक जोखिमलाई न्यूनीकरण गर्दछ ।
५. जीवन सुरक्षा
जीबन बीमाले मानिसको मृत्युपछि मात्र नभएर कुनै घातक रोक लाग्यो भने पनि त्यसको उपचार खर्च दिनेछ । बिभिन्न घातक रोग, दुर्घटना वा अन्य कुनै कारणले अशक्त अपागं हुँदा आर्थिक सुरक्षा दिनेछ । मृत्युको अवस्थामा परिवारलाई आर्थिक सुरक्षा त दिने नै छ ।
६. ऋण सुविधालिन
बीमाले बिमितलाई आवश्यक परेको बेला बीमा पोलिसी धितो राखी ऋण सुविधा पनि दिने गर्दछ ।
७.मुलुकको आर्थिक विकासमा योगदान गर्न
बीमाले पूँजी निर्माण गर्दछ । तसर्थ बीमाले देश विकासमा ठूलै योगदान गरेको हुन्छ । हामीले बीमा गर्दा देशकाे बिकासमा पनि सहयाेग गरिरहेका हुन्छाैं ।
८. सन्तानको शिक्षा
आफ्नो सन्तानको पालनपोषण मात्र नभै उच्चशिक्षाको लागि पनि बीमाले सहयोग गर्दछ । बीमित जीवित रहदा या नरहदा पनि । यदि छोराछोरीलाई पढाउनुपर्ने अभिभावकलाई घातक रोग लाग्यो भने उनीहरुलाई पढाउने दायित्व बीमाले लिइदिन्छ ।
९. परनिर्भरताउन्मूलन
बीमितको मृत्यु पश्चातबीमितको परिवारलाई फिर्ता गरिने रकमले जीविका चलाउन अन्य व्यक्तिमाथि आश्रित हुनुपर्दैन ।
१०. ऋणको भारबाट छुटकारा
व्यक्तिले बिभिन्न बैंक, वित्तीय संस्थावा व्यक्तिबाट ऋण लिने गर्दछन् । लिएको ऋण चुक्ता नहुँदै मृत्यु भएमा परिवारका सदस्यलाई अवस्य समस्या उत्पन्न हुनेछ । तर बीमा गरेकाे छ भने त्यसले ठूलाे राहात दिनेछ ।

त्यसैले म गर्व को साथ भन्छु– म बीमाको एजेन्ट हुँ, बिमाको कर्मचारी हुँ । तपाईहरुलाई लाग्ला आफ्नो फाईदाको लागि मैले तपाईहरुलाई बीमा गर भनिराको छु । मलाई पनि पहिला त्यस्तै लाग्थ्यो तर बास्तबिकता त्यस्तो होइन रहेछ । तपाई अस्पतालमा प्राण घातक रोग लागेर जीवन र मृत्युसँग लडिरहनुभएको बेला, तपाईको परिवार पैसा खोज्दै छट्पटाइरहेको बेला यदि तपाईले बीमा गर्नुभएको छ भने हामी तपाई रहनुभएको अस्पतालको बेडमा तपाईलाई बचाउन आइपुग्ने छौं । तर तपाईले बीमा गर्नुस् भन्दा वेवास्था गर्नुभएको थियो भने त्यस्तो भवितव्यमा तपाईले हामीलाई सम्झनुहुने छ ।

बल छदा कमाएको पैसा थोरै थोरै मात्र पनि बीमा गरेर जम्मा पारियो भने हामीलाई कुनै भवितव्य आइपरेन भने पनि बुढेसकालमा काम गर्न नसकिने अवस्थामा त्यो साहरा अवश्य बन्नेछ । त्यतिवेला तपाईहरुले बझ्नुहुने छ कि अभिकर्ता वास्तवमै हाम्रो सुखी र खुसी जीवनका लागि हामीलाई बीमा गराउन आउनुभएको रहेछ ।

मानिसहरुले यस्तै यस्तै धेरै समस्या भोगिरहेका छन् । यस्ता समस्या भोग्न नपारोस् भनेर नै जीवन बीमा सुरु भएको हो । बीमाबाट धेरै मानिसहरु लाभान्वित हुँदै आएका छन् । आमनागरिकलाई बीमा किन गर्ने भनेर बुझाउनु हामी अभिकर्ताको ड्युटी हो । हामी अभिकर्ताहरु जीवनमा आर्थिक कारणले आइपर्ने विभिन्न समस्याबाट तपाईहरुलाई जोगाउने काम गरिरहेका छौं । यो काममा धेरै दुख पनि छ र धेरै आनन्द पनि । दुख परेका बेला हजुरहरुलाईको घरपरिवारमा खुसी लिएर आउने हामी नै हुनेछौं । त्यसैले म छाती फुलाएर भन्छु– म बिमा कोएजेन्ट हुँ ।


प्रकाशित : २०७८ माघ १३, बिहीबार ०४:१२ गते

ताजा समाचार