आन्दोलन चर्किएपछि हेलिकप्टरमा भारत छिरिन् शेख हसिना !


काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार दिउँसो करिब साढे २ बजे देश छाडेर सैनिक हेलिकप्टरमा भारततर्फ लागेकी छन् ।

बीबीसीका अनुसार उनी चढेको हेलिकप्टर भारततर्फ उडेको छ । प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले मुलुक छाडेका हुन् ।

यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।


प्रकाशित : २०८१ श्रावण २१, सोमबार १५:४६ गते

ताजा समाचार