रामेछापमा नेपाल-खनाल समूहले बनायो २५१ सदस्य जिल्ला कमिटी


रामेछाप । रामेछाप जिल्लाामा नेपाल-खनाल समूहको नेकपा एमाले बलियो देखिएको छ । नेपाल-खनाल समुह रामेछापले जिल्ला कमिटीलाई पुर्नगठनसँगै पदाधिकारी हेरफेरसमेत गरेको छ । जिल्ला अध्यक्ष शान्ति पौडेललाई निरन्तरता दिदै उपाध्यक्ष सचिव र सह–सहसचिव थप गरेर सात सदस्यीय पदाधिकारी गठन गरेको छ । बागमती प्रदेश कमिटीको बैठकबाट अध्यक्षमा पौडेल र सचिवमा ज्ञान कुमार श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको थियो । त्यसैगरी विहिवार बसेको जिल्ला कमिटीको बैठकले पाँच सदस्यीय पदाधिकारीलाई थप्ने निर्णय गरेको हो ।

अध्यक्षमा शान्ति पौडेल, उपाध्यक्षमा लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपशिखा दाहाल, उपाध्यक्षमा कुमार कंडेल, सचिवमा ज्ञान कुमार श्रेष्ठ र उप–सचिवमा दुर्गा श्रेष्ठ, होतराज ढकाल र लालसिंह तामाङ चयन भएका छन् ।

उपसचिव दुर्गा श्रेष्ठले नयाँ पिन्टसँग कुरा गर्दै माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्नुभएको एमाले नै आधिकारीक एमाले पार्टी भएको दावी बताए । उनका अनुसार पुराना कमिटीका कसैलाई कारबाही गरिएको छैन । पुरानासहित २५१ सदस्य जिल्ला कमिटी गठन गरिएको छ । साथैै आठै स्थानीय तहमा पनि अध्यक्ष र सचिव चयन गरिएको छ ।

होटल मारियामा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माधव नेपालबीच भएको भेटवार्तापछि एमालेको विवाध हल हुने अड्लबाजी गरिएको भएपनि माधव समूह संगठन निर्माणमा पुरै शक्तिका साथ लागिरहेको देखिन्छ । ओलीको पश्चगमन र स्वैच्छाचारिताका विरुद्ध अन्तिमसम्म लडिरहने उद्घोष माधव समूहका नेताहरुले गर्दै आएका छन् ।


प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार ०५:१२ गते

ताजा समाचार