चर्चामा प्रियंकाको जोडी


प्रियंका कार्की यतिबेला आफ्नो गर्भावस्थाको मज्जा लिइरहेको छिन् । सामाजिक सञ्जालमार्फत आफुहरु अभिभावक बनेको खबर दिएदेखि नै प्रियंकाको चर्चा चुलिएको हो ।

केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो। उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि१ भन्ने अड्कल काटेका थिए।

अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।अहिले उनले बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् । जुन फ्यानहरुले अत्याधिक मन पराइरहेका छन् ।

नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । काकी इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेको छ । हालसम्म उनको इन्सटा अकाउन्टमा करिब चार हजार पोष्ट रहेको छ ।

पल शाह, आकाश खड्का, स्वस्तिमा खड्का, लगायतका कलाकारहरुले म्यूजिक भिडियोबाट नै मनग्य आम्दानी गरिरहेका बेला प्रियंका भने कोरोना कालदृखि यताको समयमा पनि कुनै काम गरेकी छैनन् । उनी गर्भवति भएको कारणले कुनै काम नगरेको हुनसक्ने आँकलन गरिएको छ ।

केही दिन अगाडी उनले सामाजिक सञ्जालमा नयाँ गाडी किनेको तस्विर पोष्ट गरेकी थिइन् । फेसबुकमा उनको उक्त पोष्टलाई २५ हजार भन्दा बढी फ्यानहरुले लाइक गरेका थिए । केही मिश्रित प्रतिक्रिया पनि आएका थिए । एकजना फ्यानले लेखेका थिए मित्सुविसी किन्या होला भनेको त जावो डस्टर पो रहेछ त्यही पनि यति धेरै फुर्ति ।

 


प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार ०६:४० गते

ताजा समाचार