प्रतिनिधिसभामा शोक प्रस्ताव


काठमाडौँ-प्रतिनिधिसभाको आगामी बैठक मंगलबार १० बजेका लागि बोलाइएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।राष्ट्रियसभाले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।

अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको थियो  ।राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।


प्रकाशित : २०७९ भाद्र ६, सोमबार ०८:२९ गते

ताजा समाचार