नेपाली क्रान्तिको अबको कार्यक्रमः वैज्ञानिक समाजवाद


नेकपा (एमाले) नेपालको सर्वहारा–श्रमजीवी वर्गको राजनीतिक पार्टी हो । यसले नेपालमा गरिबी, अभाव .तथा सबै प्रकारका शोषण र असमानताहरुलाई अन्त्य गरि प्रगतिशिल, विकशित, र समृद्ध समाजको निर्माण गर्न चाहन्छ । त्यसको निम्ति वैज्ञानिक समाजवाद र साम्यवादलाई नै त्यो उच्चतम लक्ष्य हो भन्नेमा दृढ विश्वास राख्छ । समाजवाद र साम्यवादलाई आफ्नो अधिकतम एवं अन्तिम लक्ष्यको रुपमा स्वीकार गरेर त्यसको प्राप्तिको निम्ति निरन्तर लागीरहने अठोट ब्यक्त गर्दछ ।

क. मदन भण्डारी ,तत्कालीन महासचिव, नेकपा (एमाले)

नेकपा (एमाले) का तत्कालिन महासचिव क.मदन भण्डारीले नेपाली क्रान्तिको कार्यक्रमः जनताको बहुदलीय जनवादमा व्यक्त विचारप्रति वर्तमानमा एमालेका नेता तथा कार्यकर्ता कति प्रतिवद्ध छन् भन्ने कुरा आम जनताको माझ छर्लंगै छ । तर हामी नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता भने समाजवादको लागि अझ पनि कटिवद्ध छौँ । विगतको निर्मम आत्मसमिक्षा, वर्तमानको वस्तुवादी विश्लेषण, भविष्यको कार्ययोजनाका आधारमा समाजवादी क्रान्तिको स्पष्ट रुपरेखा तय गरेका छौँ ।

अबको समाजवादी क्रान्ति शान्तिपूर्वक, विज्ञानसम्मत हुनुपर्छ । समाजवादीहरु हिंसात्मक हुन्छन् भन्ने ज्वलन्त उदाहरणको रुपमा हामी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लिन सक्दछौं । उनले युक्रेनमाथि युद्ध थोपरेर यथार्थमा पुँजीवादको शान्तिको पर्दा उदाङ्गो पारेका छन् । उनले दशककैसम्म रुसको राष्ट्रिपति भएर विश्वमा प्राप्त गरेको ओजलाई धुलोमा मिलाएका छन् । त्यसो त समाजवादी चिनले विश्वशान्ति, भाइचारा र मेलमिलापको नीति आवलम्बन गरेर समाजवादीको यथार्थ चिनारी दिनु पर्दछ, जसमा चीन सकारात्मक देखिन्छ । समाजवादमा हामीले कुनेपनि परम्परागत धर्मलाई प्रोत्साहन दिनु हुँदैन । वास्तवमा धर्मपनि वैज्ञानिक हुनुपर्दछ तसर्थ मैले ःबचक एबिलभत न्यम को अवधारणा अघि ल्याएको हुँ ।

हाम्रो वर्तमान क्रान्तिको समाजिक आर्थिक चरित्र पुँजीवादी जनवाद हो । हाम्रो लक्ष्य जनताको जनवादी व्यवस्थाको स्थापना गर्नु हो । यो पहिला काम पुरा गरेर मात्र हामी समाजवादको निम्ति अधि बढ्न सक्छौं । २००७ सालमा जहाँनिया राणा शासनको अन्त्य, समान्ती जमिन्दारहरुका विरुद्ध ठूला–ठूला सङघर्षहरु, २०१७ सालमा जनतामाथि थोपरिएको निरङ्कुश र निर्दलीय पञ्चायति शासन विरुद्ध ३० वर्षसम्म चलेका सानाठूला सशस्त्र र शान्तिपूर्ण आन्दोलनका श्रृङखलासहित पञ्चायति तानाशाहीको अन्त्य गर्ने २०४६ सालको ऐतिहासिक जनआन्दोलन, सामन्तवादका विरुद्ध योजनावद्ध र सशक्त विद्रोहको प्रतिनिधित्व गर्ने १० वर्षका महान् जनयुद्ध, जनयुद्ध र शान्तिपुर्ण जनआन्दोलनको समायोजनमा अगाडि बढेको १९ दिने संयुक्त जनआन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधान सभाको निर्वाचन र धर्म निरपेक्ष समावेशी–समानुपातिक प्रतिनिधित्व हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म आइपुग्दा नेपालमा समान्तवादको राजनीतिक प्रतिनिधित्वका रुपमा सयौं वर्षदेखि शासन गर्दै आएको राजतन्त्रसँगै समान्तवादमाथि आधारभुत रुपले नेपाली जनताको विजय भयो । हामीले आन्दोलन गरेर मात्र हँुदैन । आन्दोलन संगै सक्षम नेतृत्वको पनि निर्माण गनूपर्दछ, तब मात्र आन्दोलनपछि देशले सकारात्मक दिशा लिन सक्छ ।

वर्तमानमा देशको राजनीतिक परिस्थिति बदलिएको छ । जनयुद्ध सञ्चालन गरेको पार्टी नेकपा (माओबादी केन्द्र) को नेतृत्वमा नेपाल सरकारको गठन भएको छ । अब हामीले वर्तमान लोकतन्त्रको राम्रो पक्षको संरक्षण गर्दै शान्तिपूर्ण ढंडले बैज्ञानिक समाजवादमा सक्रमण गर्नुपर्दछ । समाजबादी आर्थिक आधार तयार पार्न समाजबाद उन्मुख आर्थिक नीति, जसमा सामाजिक न्याय सहित सहकारी, सार्वजनिक र निजी क्षेत्रको समन्वयमा अगाडि बढाउन ठोस नीति, योजना र कार्यक्रमको विकास गर्न जरुरी छ । स्थानिय र समुदायको तहदेखि उत्पादन र श्रमको व्यवस्थापनका लागि तथा साँस्कृतिक रुपान्तरणको योजनाद्धारा जनचेतना विकास गर्न उत्पादन , श्रम र संस्कृतिको संयोजन गर्न विशेष संरचना सहित ठोस योजना र कार्यक्रम बन्नु पर्दछ । लोकतन्त्र र समाजबादको राम्रो पक्षको अध्ययन र अनुसन्धान गरी त्यसलाई हामीले कार्यन्वयन गर्नु पर्दछ । जति सक्दो छिटो मुलुकलाई आर्थिक उन्नती र समृद्धिको मार्गमा लगेर जनतालाई सम्पूर्ण क्षेत्रमा आत्मनिर्भर बनाउनु बर्तमानको आवश्यकता हो, जुन वैज्ञानिक समाजपवादमा मात्र संभव छ, तसर्थ नेपाली क्रान्तिको अवको कार्यक्रम: वैज्ञानिक समाजवाद भनिएको हो भन्दा अत्युक्ति नहोला ।

लेखक: क.शिशिर श्रेष्ठ ‘शितल’, युवा चिन्तक, नेकपा (मओवादी केन्द्र)


प्रकाशित : २०७९ फाल्गुन १६, मंगलवार ०७:५८ गते

ताजा समाचार