हलेसी सेक्युरिटी सर्भिसले मनायो ९ औं बार्षिक उत्सव


काठमाडौं । हलेसी सेक्युरिटी सर्भिस प्रालिले ९ औं बार्षिक उत्सव भव्यताका साथ मनाएको छ। आज आफ्नै कार्यलयमा विभिन्न क्षेत्रका मान्यजनहरुको सहभागितामा ९ औँ बार्षिकउत्सव सम्पन्न भएको हो ।

प्रमुख अथिति भक्त किरातीले वार्षिक उत्सबमा बोल्दै बिगत नौ बर्षदेखि विभिन्न सरकारी कार्यालय र प्राईभेट कम्पनीहरुमा सुरक्षीत र भरपर्दो सेवा प्रदान गर्दै आएको बताए । हलेसी सेक्युरिटी सर्भिसलाई शुभकामना दिदै उनले भने, तपाईहरुले राम्रो सेवा दिदै आउनु भएको छ । अझै उत्कृष्ट सेवा दिन सफल रहनुुहोस्, तपाईहरुलाई सधै हलेसी महादेवको आशिर्वाद लागोस् ।

आफ्नो कार्यलाई दक्ष र अनुभवी सेक्युरिटी उपलब्ध गराउँदै आएको यस सेक्युरिटी सर्भिसले देशै भरी सेवा सुचारु गर्ने योजाना बनाएको हलेसी सेक्युरिटीका अध्यक्ष मदन राईले बताए । उनकै निरन्तरको कठोर मेहनत र हिम्मतका कारण यस व्यवसायले आजको यो सफलता हासिल गरेको हो ।

कार्यक्रममा विभिन्न सेक्युरिटी सर्भिसका संचालकहरुकोसमेत उपस्थिति थियो । विशिष्ट अतिथिहरु जीवन मगर , केशव कार्की , राहुल तिवारी , रश्मि श्रेष्ठ हलेसी सेक्युरिटीलाई सफलताको शुभकामना दिन उपस्थिति भएका थिए । कार्यक्रममा बोल्दै बुढी गण्डकीका संचालक तिलक राईले अझै देशै भरी हलेसी सेक्युरिटीले सेवा प्रदान गर्नेमा बिस्वस्त रहेको जनाए ।

हलेसी सेक्युरिटीका आफ्नै कार्यालयमा संचालन भएको बार्षिक उत्सवमा विभिन्न वक्ताहरुले हलेसी सेक्युरिटीको उन्नति र प्रगतिको शुभकामना दिए। कार्यक्रमको संचालन संचारकर्मी अनिल कुमार गुप्ताले गरेका थिए ।


प्रकाशित : २०८० श्रावण १३, शनिबार २१:२५ गते

ताजा समाचार