प्रेरक प्रसंगः साना घटनाले कसरी जीवन बदलिन्छ ?


एउटा विद्यार्थीले प्रधानाध्यापकसँग भन्यो ।
सर सर, हिजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो ।
प्रधानाध्यापकः कहाँबाट हरायौं ।
विद्यार्थीः यहीं कक्षा कोठाबाट हरायो सर ।
प्रधानाध्यापकः कसरी हरायो ?
विद्यार्थीः म टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउँदा टेबुलमा घडी छैन सर ।
प्रधानाध्यापकः त्यसोभए यो समय भित्र त कक्षा कोठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन् । तिमीहरू सबै लाइनमा लाग । र, सबैले आआफ्नो आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रधानाध्यापकले सबैको पकेट छामे। एउटाको पकेटमा घडी भेटियो र घडी बुझाए ।
चोरी गर्ने केटा डरायो । उसले अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो । एकदिन दुईदिन गर्दै समय वित्यो । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नो कर्ममा लागे ।

चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त कार्यक्रममा आफ्नो प्रधानाध्यापक पनि आएका थिए । केटा प्रधानाध्यापकसँग गएर प्रधानाध्यापकलाई धन्यवाद ज्ञापन गर्दै भन्यो “आज म जो स्थानमा छु सर हजुरकै देन हो । म हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन ।” प्रधानाध्यापक आश्चर्यमा पर्दै भने “मैले त्यस्तो के गरें र ? तिमी यो सब के भन्दैछौ ?” विद्यार्थीले भन्यो हजुरले त्यो दिन मैले चोरेको कुरा कसैलाई भनिदिनु भएन । र, म आज जिन्दा मात्र हैन, यो स्थानमा छु, त्योकुरा विद्यालयमा फैलिएको भए म त्यही दिन आत्महत्या गर्थें ।”

प्रधानाध्यापकले आश्चर्यमा पर्दै भने, “त्यो केटा तिमी थियौ ?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्यो, “सर हजुरले मलाई भुल्नु भयो ?”
प्रधानाध्यापकः मैले त्यो दिन तिमीहरूसँगै मेरो आँखा पनि कालो पट्टीले बाँधेको थिए । ताकि घडी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेरो विद्यार्थी मेरो नजरबाट नगिरोस् । यो कुरा सुनेर विद्यार्थी झन् आँखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अंगालेर रोयो । गल्ती ढाक्न सक्दैनौं ? के सुध्रने मौका दिन सक्दैनौं ?


प्रकाशित : २०७९ बैशाख ८, बिहीबार ०२:३२ गते

ताजा समाचार