नेकपा(माओवादी केन्द्र) दोरम्बा शैलुंग गाउपालीकाको सात वटै वडा समितिले जनता संग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन बिभिन्न रचनात्मक कार्यक्रमको साथ गर्ने भएको छ । शनिवार विहान ९ बजे हुने अध्यक्ष प्रचण्डको विशेष सम्बोधन पश्चात सातै वडामा रचनात्मक कार्यक्रमको तयारी भएको केन्द्रीय सदस्य तथा दोरम्बा शैलुंग गाउपालिकको लागी अभियान ईन्चार्ज धन बहादुर महर्जनले बताए। वडा-वडामा अभियान संचालनको निम्ति जिल्ला सदस्यहरुलाई अभियानको जिम्मेवारी दिइएको छ । जसअनुसार वडा न. १ मा चन्द्र बहादुर मगर (टलक), वडा न. २. मा हिरा बहादुर श्रेष्ठ, वडा न. ३. मा बिर्ख बहादुर मगर (उदय), वडा न. ४. मा खड्ग श्रेष्ठ, वडा न. ५. मा ईन्द्र बहादुर तामांग (छिरिंग), वडा न. ६. मा टिका माल्बुके र वडा न. ७. मा धन बहादुर तामांग (अमिर)ले अभियानको नेतृत्व गर्नेछन । त्यस्तै आईटी विभागको संयोजकमा जिल्ला सदस्य तिलक मगर र सदस्यहरुमा उकास लामा र सचेत घिसिंग रहेको छ ।
कुन वडाले के गर्दैछ?
वडा न. १- पार्टी कार्यालय उद्घाटन तथा सरसफाई
वडा न. २- पार्टी कार्यालय उद्घाटन
वडा न. ३- शहिद परिवारलाई सम्मान
वडा न. ४- कार्यालय उद्घाटन
वडा न. ५- विद्द्यालय सरसफाई
वडा न. ६- कार्यालय उद्घाटन तथा सरसफाई
वडा न. ७- पांग्चेत सडक खण्ड सोलिंग