राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ: राष्ट्रपति पौडेल


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन् ।

बिहीबार ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित काठमाडौंमा आयोजित हिमालयन हाइड्रो एक्स्पो-२०२४ को उद्घाटन गर्दै उनले प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रूत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहेको बताएका हुन् ।

राष्ट्रपति पौडेलले सरकारको सहजीकरण र समन्वय अनि निजी क्षेत्रको लगानीबाट यो सम्भव रहेको पनि स्पष्ट पारे । राष्ट्रपति पौडेलले संघीयतासँगै नेपाल लोकतन्त्रको उच्च अभ्याससहित राजनीतिक स्थिरतातर्फ लम्किरहेको र यसले स्वदेशी तथा विदेशी लगानी आकर्षण बढ्दै जाने अवस्था सिर्जना हुन लागेको बताए ।

उनले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको स्पष्ट पारे । ‘नेपालको आर्थिक समृद्धिका लागि सरकारले मुख्य आधारका रूपमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको छ । यसकै फलस्वरुप कुनै बेला ठूलो ऊर्जा संकट भोगेको नेपालमा बढ्दो ऊर्जा उत्पादनले राष्ट्रको ऊर्जा सुरक्षालाई मजबुत बनाउँदै लगेको छ । नेपाल ऊर्जामा आयातित गर्ने राष्ट्रबाट निर्यात गर्ने राष्ट्रका रूपमा परिणत हुँदै छ,’ राष्ट्रपति पौडेलले भने ।


प्रकाशित : २०८१ बैशाख १३, बिहीबार १२:५० गते

ताजा समाचार