इलाम–२ उपनिर्वाचन : उमेदवार नेम्वाङ, खड्का र लिम्बूले गरे मतदान


काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन कार्यक्रमअन्तर्गत मतदान भइरहेको छ ।

निर्धारित समय बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

निर्वाचनमा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उमेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बू, पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरिसकेका छन् ।

१९ जना उमेदवारले नै आफ्नो आफ्नो क्षेत्रबाट मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उमेदवार चुनावी मैदानमा छन् ।

७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।


प्रकाशित : २०८१ बैशाख १५, शनिबार ०९:४९ गते

ताजा समाचार