बिपन्नको घर निमार्ण गर्नको लागि कर्णाली सरकारको पाँच करोड


कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम अगाडि बढाएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपन्न नागरिकको घर निर्माणसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । त्यसका लागि सरकारले पाँच करोड बजेटसमेत छुट्याएको छ । पाँच करोडमा करिब १०० घर निर्माण गर्ने लक्ष्य लिइएको छ ।


प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार ०३:०० गते

ताजा समाचार