युद्ध चाहिँदैन भन्दै रुसमा प्रदर्शन


युक्रेनसँग युद्ध नगर्न भन्दै बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन्। आफ्नो देशले छिमेकी युक्रेनमाथि आक्रमण थालेपछि प्रदर्शन भएको हो । रसिया टुडेका अनुसार राजधानी मस्कोमा हजारौं मानिसहरूले युद्ध चाहिँदैन भन्दै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरुले युद्व गर्न नहुने नारा लगाएका थिए। उनिहरुले लडाइँ रोकु, ुयुद्ध चाहिँदैनु, ुयुक्रेन हाम्रो शत्रु होइनु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।


प्रकाशित : २०७८ फाल्गुन १३, शुक्रबार ०३:१८ गते

ताजा समाचार