म्हेयपि मन्दिरमा नारायणको मूर्ती अनावरण, भक्तजनको लाग्यो घुइँचो


काठमाडौं । काठमाडौंको म्हेयपि अजिमा मन्दिरको दक्षिण मुलढोकाको परिसरमा निर्माण गरिएको नारायणको मूर्तीको प्राण, प्रतिष्ठा, अनुष्ठान र अनावरण गरिएको छ । आज बुढानिलकण्डडबाट पाँच जना ब्राह्मण झिकाएर नारायण मूर्तीको अनावरण गरिएको म्हेयपि, संरक्षण तथा स्थापना समितिका अध्यक्ष जीवन मानन्धरले जनकारी दिनुभयो ।

भक्तजनहरुलाई नारायणको पुँजा गर्न बुढानिलकण्ठ पुग्न नपरोस् भनेर सजिलोका लागि नारायणको मूर्ती निमार्ण गरिएको अध्यक्ष मानन्धरको बताउनुभयो । म्हय्पि अजिमा मन्दिर निकै पुरानो धार्मिक आस्था बाकेको मन्दिर हो । म्हय्पि संरक्षण तथा व्यवस्थापन समितिले यस मन्दिर क्षेत्रको संरक्षण, व्यवस्थापन र भौतिक पूर्वाधारका निर्माणको काम गर्दै आएको छ ।

म्हय्पि मन्दिरमा शिव, मनकामना, भैरव, विश्वकर्मा र बुद्धको मूर्ती राखिएको छ । यस मन्दिरमा पुँजा र दर्शनका लागि हिन्दू र बौद्ध धर्मावलम्बीहरुको घुइँचो लाग्ने गर्दछ । समितिका अध्यक्षका अनुसार यस क्षेत्रको पहिरो नियन्त्रणका लागि यस बर्ष महानगरले एक करोड बजेड विनियोजन गरेको छ । त्यसैगरी सिँढी निर्माणका लागि बागमति प्रदेश सरकारले ५० लाख बजेटको व्यवस्था गरेको छ ।


प्रकाशित : २०८० असार १३, बुधबार १९:२८ गते

ताजा समाचार