म छिटै निको भएर स्कुल जान चाहन्छुः क्यान्सर पिडित स्मारिका


काठमाडौं । ब्लड क्यान्सर पीडित ६ वर्षीय स्मारिका थापालाई उपचारका लागि सहयोगस्वरुप २८६०० रुपैया सहयोग प्रदान गरिएको छ । समाजसेवी टिकटक होस्ट मञ्जुथापाको पहलमा १७६०० रुपैया र विदेशमा हरहुनभएका सहयोगीहरुबाट ११००० रुपैया गरि उक्त रकम जम्मा भएको थियो । आदर्शचोक, पोखरा निवासी स्मिता थाापााको ४ पहिनादेखि काठमाडौंको सिभिल हस्टिलमा उपचार भइरहेको छ ।

विरामी स्मारिकाको आमा कृस्मिता श्रेष्ठका अनुसारबोनम्यारो ट्रान्स्प्लान्ट गर्नुपर्ने हुँदा खर्च धेरै लाग्छ । अहिलेसम्म १८ लाख जति खर्च भइसक्यो । अझै १५ देखि २० लाख खर्च लाग्छ । आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न कठिन भइरहेको आमाको भनाइ छ । उनका अनुसार अहिले स्मारिकालाई धेरै राम्रो भएको छ ।

मेरो उपचारका लागि सहयोग गरिदिनुभयो । मलाई अझै सहयोग गरिदिनुस् है । अब छिट्टै निको भएर स्कुल पढ्न जान मन छ । ६ वर्षीय स्मारिकाले सहयोग गर्नेहरुसँग विदाइ हुनेवेलामा यसो भन्दा सबैको आँखा रसाएको थियो । (स्मारिकालाई सहयोग गर्न चाहनुहुन्छ भनेः एनआईएमवी बैंक, खाना नम्बरः २१४०५३३०००४८८६, फोन नम्बर, ९८२९१४२४९७)

स्मारिकाजस्तै अर्का विरामी परिवारको कथा झनै दर्दानक रहेको भेटियो । मकवानपुर, रक्सीराङ गाउँपालिका-४ घर भएका विसुमान स्याङतानका ७ वर्षे छोरी साहिसाको पनि बोनम्यारो ट्रान्स्प्लान्ट गर्नुपर्ने रहेछ । उनको उपचारमा ३८ लाख खर्च भइसकेको छ । अझै कति खर्च लाग्छ टुंगो नै छैन । सरकारबाट केही सहयोग नपाएको गुनासो उनीहरुको छ । समाजसेवी भक्त किराती र टिकटिक होस्ट मञ्जु थापासँग उनीहरुले सहयोगका लागि पहल गरिदिन अनुरोधसमेत गरे । (साहिसालाई सहयोग गर्न चाहनुहुन्छ भने, ९८४५१६४८६१)

 

स्मारिका थापालाई सहयोग प्रदान गर्नुहुनेहरु
१. चाँदनी गिरी
२.राधिका आचार्य
३. सिर्जना थापा
४.अम्विका शेर्पा
५. पुनम राई
६.मञ्नु थापा
७. भक्त राई


प्रकाशित : २०८० भाद्र २४, आईतवार १९:२५ गते

ताजा समाचार