न्यायाधीश गिरीकी पत्नीद्वारा आत्मदाह प्रयास


काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी छन् ।

आइतबार दिउँसो सर्वोच्च पुगेकी ती गिरीले आफैंमाथि मट्टितेल छर्किएकी हुन्।

उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

गिरीले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो।

पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।


प्रकाशित : २०८० पुष २९, आईतवार १५:३२ गते

ताजा समाचार