प्रिमियर कपमा नेपालले युएईसँग सेमिफाइनल खेल्दै


काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ :४५ बजेबाट सुरू हुनेछ।

नेपाल ‘ए’ को समूहको विजेता र युएई समूह ‘बी ‘ को उपविजेता हुन्। नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्दा युएई ४ खेलमा तीन जित र एक हारसँगै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन्।

यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो।

टी-२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएको छ।


प्रकाशित : २०८१ बैशाख ७, शुक्रबार ११:२१ गते

ताजा समाचार