बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा


काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् ।  गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ ।

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी  जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय मानिसहरूको मृत्यु भइसकेको छ ।


प्रकाशित : २०८१ श्रावण २१, सोमबार १५:२८ गते

ताजा समाचार