राज कुन्द्रा ह्वाट्स एप र अन्य ४ ‘एडल्ट एप्स’बाट कमाउँथे दैनिक १० लाख


अश्लिल फिल्म मामिलामा राज कुन्द्रा पक्राउ परेपछि उनको विषयमा विभिन्न शंकास्पद जानकारी बाहिरिएका छन् । मुम्बई प्रहरीको अपराध शाखाले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ ।

प्रहरीले गरेको पछिल्लो खुलासाका अनुसार राजले युवतीहरूलाई वेभ सिरिजमा खेलाउने प्रलोभन देखाएर पोनोग्राफी संलग्न गराउँथे ।

प्रहरीको एक रिपोर्टका अनुसार राजले अन्य चार एप्स चलाउने गरेको खुलेको छ । उनले एप्पल र गुगल प्ले स्टोरबाट ह्वाट्सएप हटाएपछि अन्य एप्स सेट गरेको देखिएको छ ।

पोर्न फिल्मबाट राजले दैनिक १० लाख (भारतीय रुपियाँ) कमाउने गरेको पनि खुलासा भएको छ । प्रहरीले राजको कम्पनीमा एक दिनमा ५० हजार देखि १० लाखसम्म कमाई हुने गरेको थियो ।


प्रकाशित : २०७८ श्रावण १२, मंगलवार ०३:५० गते

ताजा समाचार