नेकपा (माओवादी केन्द्र)दैलेख काठमाण्डौ सम्पर्क समितिको भेला सम्पन्न अध्यक्षमा लक्ष्मण शाही सचिवमा लोक राना निर्वाचित


काठमाण्डौ, नेकपा (माओवादी केन्द्र) दैलेख काठमाण्डौ सम्पर्क समितिको आज सम्पन्न भएको चौथो भेलाबाट लक्ष्मण शाहीकोको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । भेलाबाट समितिको सचिवमा लोक राना र अन्य पदाधीकारी २१ सदस्यीय सदस्य बाट निर्वाचित गरिने भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि माननीय राष्ट्रीय सभा सदस्य तथा कर्णाली प्रदेश नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिव मायाप्रशाद शर्मा (पारसमणी), विषेश अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एंवम सम्पर्क संमन्वय संयोजक प्रलाद बुढाथोकी, अतिथिहरुमा उपेन्द्र कुमार रावत (शुशिल), कर्णाली काठमाण्डौ सम्पर्क समितिका सचिव चित्र बहादुर घर्ति मगर(गुलाफ), अम्मर बुढाथोकी, अखिल क्रन्तिकारीका केन्द्रीय सदस्य जगदीश शाही सामना परिवारका सचिव शुवर्ण हमाल लगायतको उपस्थिति रहेको थियो । भेला बाट थप सम्पर्क समितिको भुमिकालाई प्रभावकारी बनाउने लगायतका विभिन्न निर्णय गरिएको छ ।


प्रकाशित : २०७८ श्रावण १६, शनिबार १२:३२ गते

ताजा समाचार